Techie IT
  • बिहीबार, चैत्र १५, २०८० / Thursday, March 28, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारमन्टेश्वरीहरुलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले दियो यस्तो चेतावनी

मन्टेश्वरीहरुलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले दियो यस्तो चेतावनी


काठमाडौं । काठमाडौं महानगरभित्र सञ्चालित पूर्व प्राथमिक विद्यालय (मन्टेश्वरी)हरुलाई लक्षित गर्दै २०८१ का लागि अहिलेबाटै विद्यार्थी भर्ना नगर्न चेतावनी दिएको छ । महानगरभित्रका केही मन्टेश्वरीहरुले श्रीपञ्चमी अर्थात सरस्वती पूजालाई लक्षित गरी भर्ना अभियान सञ्चालन गरिरहेको थाहा पाएपछि महानगरले त्यसैलाई लक्षित गर्दै भर्ना अभियान अघि नबढाउन चेतावनी दिएको हो ।

पछिल्लो समय सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै मन्टेश्वरीहरुले अनलाईन तथा विभिन्न माध्यमबाट शैक्षिक सत्र २०८१ का लागि भर्नाको सूचना प्रकाशन गरेको भन्ने उजुरी परेसँगै गम्भीर ध्यानाकर्षण भएको महानगरले जनाएको छ ।

त्यसैले शैक्षिक सत्रको सुरुवात नै नभई विद्यार्थी भर्नाका लागि कुनै पनि तरिकाले सूचना प्रकाशन नगर्न महानगरले विद्यालयहरुलाई निर्देशन नै दिएको छ । यदि यो निर्देशनलाई अटेर गरी भर्ना सूचना प्रकाशन गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारवाही गर्ने महानगरले जनाएको छ ।

421765410_700065752300980_8373538248376921843_n



तपाईको प्रतिक्रिया