मध्यपश्चिम विश्वविद्यालयले नेपालमै पहिलो पटक हाइड्रोपावर इन्जिनियरिङ भर्ना खोल्यो
सुर्खेत—मध्यपश्मिम विश्वविद्यालयले नेपालमै पहिलो पटक सञ्चालित शैक्षिक कार्यक्रम हाइड्रो पावर इन्जिनियरिङको भर्ना प्रक्रिया सुरु गरेको छ ।
विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संकायले भदौं १ गतेदेखि २० गतेसम्म उक्त विषयमा भर्नाका लागि आवेदन माग गरेको थियो ।
उक्त विषय पढ्का लागि आवेदन दिएका विद्यार्थीहरुले २३ भदौमा प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन् ।
प्रवेश परीक्षा सुर्खेत र काठमाडौंमा विहान ११ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ ।
यसका साथै विश्वविद्यालयले सिभिल र कम्प्युटर इन्जिनियरिङमा पनि भर्ना खोलेको छ ।
Loading...