पिसिएल नर्सिङ ३३ कलेजमा १२४० विद्यार्थीले पढ्न पाउने, ४ लाख ७५ हजार रुपैयाँ लाग्ने

काठमाडौं—प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)ले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमका लागि भर्ना आवेदन माग गरेको छ । सोमबार परिषद्ले एक सूचना प्रकाशित गर्दै प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा भर्नाका लागि आवेदन माग गरेको हो ।
सिटीईभिटीले विद्यार्थीलाई अध्ययन गर्न चाहेको शिक्षण संस्थामा आवेदन दिन भनेको छ । ९ भदौंसम्म विद्यार्थीले भर्नाका लागि आवेदन दिन पाउनेछन् ।
यो शैक्षिक सत्रमा चिकित्सा शिक्षा ऐनअनुसार मापदण्ड पुगेका ३३ वटा कलेजलाई मात्र अध्यापनको अनुमति दिएको छ। उक्त कलेजमा १२४० जना विद्यार्थीले पिसिएल नर्सिङ अध्ययन गर्न पाउनेछन् ।
जसमध्ये ९१ जनाले छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन् । पिसिएल नर्सिङका लागि ४ लाख ७५ हजार शुल्क तोकिएको छ ।
Loading...