त्रिविले खोल्यो पिएचडीमा भर्ना
कीर्तिपुर—त्रिभुवन विश्वविद्यालयले पिएचडीमा भर्ना खोलेको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै त्रिविले पिएचडी भर्नाका लागि आवेदन माग गरेको हो ।
त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकाय डिनको कार्यलयले २०७४ साउन सत्रका लागि पिएचडीतर्फको भर्ना खोलेको हो ।
पिएचडीमा भर्ना हुनका लागि कम्तिमा सेकेण्ड डिभिजनमा माष्टर्स पास गरेको वा सो सरह उतीर्ण गरेको हुनुपर्नेछ । भर्नाका लागि आवेदन फाराम भर्ने मिति २२ जेठदेखि असार २२ सम्म रहेको छ ।
Loading...