त्रिविले कन्फिलिट, पीस एण्ड डेभलपमेण्ट स्टडिजमा भर्ना खोल्यो

काठमाडौं—त्रिभुवन विश्वविद्यालयले कन्फिलिट, पीस एण्ड डेभलपमेण्ट स्टडिजको स्नाकोत्तर तहमा भर्ना खोलेको छ । त्रिविले २०१७—२०१९ का एकेडेमिक इयरका लागि माष्टर्समा भर्ना खोलेको हो ।
सेमेष्टर प्रणालीमा अध्यापन हुने उक्त कोर्स दुई वर्षे हो । त्रिविको मध्यबानेश्वरस्थित ग्लोबल कलेजसँगै जोडिएको भवनमा कन्फिलिट, पीस एण्ड डेभलपमेण्ट स्टडिजको पढाइ हुने गर्छ ।
यो कार्यक्रम नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्स इन एस, इस्टर्न युनिभर्सिर्टी, बाटीक्यालोय बलम युनिभर्सिटी अफ रुहुना, मात्रा इन श्रीलंका र त्रिभुवन युनिभर्सिटीको साझेदारीमा सञ्चालन गरिएको हो ।
भर्नाका लागि ३ मेदेखि फर्म खुल्नेछ भने फर्म भर्ने अन्तिम मिति ५ जुन २०१७ सम्म रहेको छ । त्रिविकाअनुसार भर्नाका लागि ५ जुनमा लिखित टेष्ट हुनेछ भने त्यसको नतिजा ९ जुनमा प्रकाशित हुनेछ । यस्तै, १२ जुनमा अन्तर्वार्ता हुनेछ भने भर्नाका लागि इन्ट्रान्सको नतिजा १४ जुनमा प्रकाशित हुनेछ ।