Techie IT
  • शुक्रबार, वैशाख ७, २०८१ / Saturday, April 20, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारकक्षा १२ को नतिजा भ्याए आजै नभ्याए भोलिसम्म सार्वजनिक गर्ने बोर्डको तयारी

कक्षा १२ को नतिजा भ्याए आजै नभ्याए भोलिसम्म सार्वजनिक गर्ने बोर्डको तयारी


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिकका लागि अन्तिम तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार केही प्राविधिक पाटोमा काम भइरहेकाले सकेसम्म आजै नसके भोलिसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।

‘अहिले प्राविधिक पक्ष जाँच गर्ने काम भइरहेको छ यदि त्यसमा ठूलो समस्या आएन भने आज नै नतिजा सार्वजनिक गर्छौं,’ उनले भने, ‘यदि समस्या आयो भने भोलिसम्म हामी नतिजा सार्वजनिक गरिसक्छौँ ।’

बोर्ड गत वैशाख २६ गतेदेखि जेठ ४ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएका थिए । परीक्षाका लागि देशभर १ हजार ४५७ परीक्षा केन्द्र तोकिएको थियो ।

यस्तै, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट