कलेज आइडिया हन्ट–२०२२ सुरु, १९ भदौंसम्म आवेदन दिन सक्ने

काठमाडौं–आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आइडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ । बिहीबार (अगस्ट ४) बागबजार स्थित काठमाडौं मोडेल कलेजमा पत्रकार सम्मेलनको आयोजना गर्दै आवेदन खुलाएको घोषणा गरेको हो ।
नेपाली समाजको रुपान्तरण र व्यवसायीकताको प्रवद्र्धनमा क्रियाशील आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरीरहेका तथा नयाँ योजना र आइडियासहित शो उद्यम गर्ने सोच बनाएका विधार्थीहरुलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२२ को आयोजना गरेको हो । वर्तमान युग र समय सापेक्ष समस्या र अवसरहरु सम्बन्धित नवीनतम तथा दिगो समाधानसहितका आइडिया भएका विधार्थीहरुले कलेज आइडिया हन्टमा आफ्नो योजना पठाउन सक्नेछन् ।
कलेज आइडिया हन्टको पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत अतिथीका रुपमा उपस्थित थिए । यसैगरी त्रिभुवन विश्वविधालय व्यवस्थापन संकायका उपनिर्देशक डा। गंगाराम विश्वकर्मा, वल्र्ड वाइल्डलाइफ फण्ड नेपालका नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङ, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, कलेज आइडिया हन्ट २०१९ का विजेता जोसेप श्रेष्ठ, आइडिया स्टुडियो सिजन ४ की आइडिएटर आङ डोल्मा शेर्पालगायत पनि कार्यक्रम उपस्थित रहेका थिए ।
कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरु मध्येबाट उत्कृष्ट १० योजनालाई व्यवसाय सम्वन्धि विभिन्न तालिम तथा परामर्श प्रदान गरीनेछ । उत्कृष्ट ३ विजेताले जनही १ लाख नगद पुरस्कारका साथै आइडिया स्टुडियो सिजन ७ मा सिधै प्रवेश पाउनेछन् । साथै इन्क्युबेसन कार्यक्रम, व्यवसायीक संजाल, रियालिटी टिभी सो र लगानीको अवसरसमेत प्राप्त गर्नेछन् ।
कलेज आइडिया हन्ट २०२२ मा सहभागी हुन चाहाने इच्छुक विद्यार्थीहरुले २०७९ भदौ १९ सम्म आवेदन दिइसक्नुपर्नेछ । विद्यार्थीहरुले आवेदनको प्रक्रिया, योग्यता तथा भिडियो गाइडलाइनका लागि http://ideastudio.org.np/submit-college-idea-hunt/ मा गएर हेर्न सक्ने छन् ।