25 Mar 2023 | शनिबार, ११ चैत, २०७९

logo
शुक्रबार, १७ आषाढ, २०७९

काठमाडौंमा ४० भन्दा बढी विश्वविद्यालयहरूको सहभागिता रहेको ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु

काठमाडौंमा ४० भन्दा बढी विश्वविद्यालयहरूको सहभागिता रहेको ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु

काठमाडौं—अफेयर्स नेपाल प्रालिको आयोजनामा काठमाडौंस्थित होटल ¥याडिसनमा बृहत् शैक्षिक मेला सुरु भएको छ । बिहिवारदेखि सुरु भएकोे दुईदिने ‘स्टडी इन इन्डिया एक्स्पो’ नामको सो शैक्षिक मेलामा भारतका ४० भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहने आयोजकले जनाएका छन् ।

आयोजकका अनुसार एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने दुविधा मेटाउन दुई सयभन्दा बढी कोर्सहरूका बारेमा जानकारी प्रदान गरिनेछ । नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो ।

शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरू, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरूका बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइनेछ ।

दुई दिनसम्म संचालन हुने मेलामा तीन हजार विद्यार्थीहरूले अवलोकन गरि भारतको नाम चलेका विश्व विद्यालयहरुको बारेमा जानकारी लिने अपेक्षा रहेको अफेयर्स नेपाल प्रालिका प्रवन्ध निर्देशक कुमार थपलियाले जानकारी दिए ।

नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो । शैक्षिक मेलामा विद्यार्थीहरूको रोजाइको विषय र भारतको नाम चलेका विश्वविद्यालयहरुको बारेमा जानकारी लिने अवसर एक्स्पोले गर्ने निर्देशक थपलिया बताए ।

भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरूसँग प्रत्यक्ष कुराकानी गरी ४० वटाभन्दा बढी प्रमुख विश्वविद्यालयहरूको जानकारी हासिल गर्न सक्ने गरी शैक्षिक मेलाको आयोजना गरिएको हो ।

Loading...

ताजा अपडेट

धेरै पढिएका समाचार