Techie IT
  • मंगलबार, वैशाख ११, २०८१ / Tuesday, April 23, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारएसईई खारेज गर्ने सरकारको तयारी, पनिकाको हैसियत समाप्त हुँदै !

एसईई खारेज गर्ने सरकारको तयारी, पनिकाको हैसियत समाप्त हुँदै !


काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा नहुने प्रस्ताव अघि सोरेको छ । सरकारले शिक्षा विधेयकको मस्यौदामा एसईई परीक्षा नगर्ने प्रस्ताव अघि सारेको हो ।

मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने प्रस्ताव गरिएको मन्त्रालय स्रोतले जानकारी दियो । एसईई परीक्षा नलिने भएपछि परीक्षा नियन्त्रण कार्यालययको जिम्मेवारी पनि खोसिने भएको छ ।

यसअघि मुलुकमा संघियता लागू भएसँगै एसएलसीको अस्तित्व नामेट भएको थियो । अब शिक्षा विधेयक मस्यौदाले एसईईलाई खारेज गर्न लागेको हो । सो विधेयकले अब आधारभूत र माध्यमिक शिक्षालाईमात्र कायम गर्ने भएको छ । साथै, शिक्षक सेवा आयोगललाई लोकसेवा आयोगको मोडालिटीमा सञ्चालन गर्नका लागि प्रस्ताव गरिएको छ ।

स्थानीय तहबीच समन्वय गरी शिक्षक सरुवा

मन्त्रालयका अनुसार आज (बिहिबार) मस्यौदा संसद सचिवालयमा दर्ता गर्ने तयारी रहेको छ । उक्त विधेयकको मस्यौदामा एक स्थानीय तहका शिक्षकलाई जुनसुकै स्थानीय तहमा सरुवा गर्नेगरी प्रस्ताव गरिएको छ । दुई स्थानीय तहबीच शिक्षक सरुवा गर्दा दुवै स्थानीय तहबीच समन्वय गर्नुपर्ने व्यवस्था मस्यौदामा छ ।

त्यस्तै, अस्थायी शिक्षकको सेवा अवधि थप गर्ने प्रस्ताव गर्ने पनि गरिएको छ । सबै शिक्षकको पहिलो ७ वर्ष गणना गर्ने गरी मस्यौदा तयार भएको बताइएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट