25 Mar 2023 | शनिबार, ११ चैत, २०७९

logo
बुधबार, ४ असोज, २०७४

के तपाई आफ्नो दिमाग तेज बनाउन चाहनुहुन्छ ? अपनाउनुहाेस् यस्ता ५ बानी

के तपाई आफ्नो दिमाग तेज बनाउन चाहनुहुन्छ ? अपनाउनुहाेस् यस्ता ५ बानी

दिमागलाई तेज बनाउनको लागि दिमागलाई चलाउन पर्छ । यसको लागि हामीले केही यस्ता काम गर्न पर्छ जसले दिमाग तेज र सधैं सक्रिय रहन्छ । 

दिमागी रुपमा होसियार र चलाख बन्न चाहनुहुन्छ भने तपाईले केही अलग अलग किसिमका सौख राख्नुपर्छ । अलग अलग वैज्ञानिक अनुसन्धानका अनुसार यी सौखहरुले आफ्नो मस्तिष्क तेज गर्नमा तपाईंलाई मद्धत गर्छ ।


आउनुहोस जानीराखौं ती ५ असल बानीहरुको बारेमा


१. नियमित एक्सरसाइज
एक्सरसाइजले सरिर सुडौल र सुन्दर मात्रै बन्दैन नियमित एक्सरसाइज वा योगा गरेमा तपाईको दिमाग तेज पनि हुन्छ । त्यसैले प्रत्येक व्यक्तिले नियमित एक्सरसाइज गर्नु धेरै नै लाभदायी हुन्छ ।


२. म्युजिकल इन्स्ट्रुमेन्ट बजाउने
यदि तपाई आफ्नो रुचीमा केही कुरा समावेश गर्न चाहनुहुन्छ भने म्युजिकल इन्स्ट्रुमेन्ट बजाउन धेरै राम्रो मानिन्छ । दिमागलाई तेज बनाउनको लागि यो भन्दा राम्रो विकल्प अरु हुन सक्दैन् ।


३. भिडियो गेम खेल्ने
केही मानिसहरुले मान्छन् भिडियो गेम समयको बर्बादी हो । साँच्चै नै यदि तपाई दिनभर भिडियो गेमहरु खेल्नुहुन्छ भने यो स्वास्थको लागि ठिक होइन् । तर, फुर्सदमा केही समय मिलाएर भिडियो गेम खेल्ने हो भने यसले तपाईको दिमाग तेज बनाउँछ ।


४. नयाँ भाषा सिक्ने
आफ्नो मातृभाषा त मानिसले बचपन देखि नै बोल्न थाल्छन् । यसको लागि धेरै मेहनतको जरुरत हुँदैन् । यदि तपाई केही अलग सिक्न चाहनुहुन्छ भने तपाई अन्य नयाँ भाषा सिक्न सक्नुहुन्छ । यसले तपाईको दिमाग सार्प बनाउँछ र तपाईलाई होसियार बनाउँछ ।

 

५. किताब पढ्ने
किताब पढ्नु पनि एक असल बानी हो । नियमित किताब पढ्नाले व्यक्तिको दिमाग तेज हुन्छ । यो कुरा विभिन्न वैज्ञानिक रिसर्चहरुमा पनि दावी गरिएको छ । त्यसैले आजै देखि किताब पढ्न थाल्नुहोस् ।

 

Loading...

ताजा अपडेट

धेरै पढिएका समाचार