सेल्फ मेड करोडपतिः जो ८ कक्षामा फेल भएपनि २३ वर्षकै उमेरमा करोडपति बने

कम्प्युटरमा गहिरो रुची थियो, यही कारण पढाइका दौरान परीक्षामा फेल पनि भए । घरपरिवारले उनीसँग निराशा ब्यक्त गरे ।
अहिले भारतमा ज्यान लिनेवाला अनलाइन गेम ब्लू व्हेल निरन्तर हेडलाइन बनिरहेको छ । यो गेम कसरी मानिसहरुसँग पुगिरहेको छ र हानिकारक बनिरहेको छ भन्ने विषयमा भारत सरकार, टेक्नोलोजी एक्सपर्ट, साइबर टिम र एथिकल ह्याकर यसका बारेमा सत्यतथ्य पत्ता लगाउन जुटेका छन् । एक यस्ता इथिकल ह्याकर जो ८ कक्षामा फेल भएपछि घरको आक्रोश खेपेका थिए । आज तिनै युवाको टिएसी सेक्युरिटी नामको एक साइबर सेक्युरिटी कम्पनी करोडौ कमाइरहेको छ । उनले आफ्नो सौखलाई विजनेसनको रुप दिएका थिए, जसका कारण उनी अहिले यो मुकाममा पुगेका हुन् ।
उनको उमेर मात्र २३ वर्ष हो, उनको नाम हो त्रिशनित अरोडा । त्रिशनित लुथियानाको मध्यवर्गीय परिवारबाट आएका हुन् । जसको बाल्यकालदेखि नै पढाइमा कम र कम्प्युटरमा बढी दिलचस्पी थियो ।
त्रिशनित दिनभर कम्प्युटरमा ह्याकिङको काम सिक्थे, जसका कारण उनी पढाइमा कमजोर मात्रै भएनन् ८ कक्षामा फेल समेत भए । ८ कक्षामा फेल भएपछि उनले पढाइ छाडिदिए । तर, त्यसपछि उनले १२ कक्षाको परीक्षा दिए ।
उनी एक इथिकल ह्याकर हुन् । जसमा नेवटर्क वा सिष्टम इन्फास्ट्रक्चरको सेक्युरिटी इभ्यालुयट गरिन्छ । यसको निगरानी सर्टिफाइड ह्याकर गर्छन् । जसबाट कुनै पनि नेटवर्क वा सिष्टम इन्फास्ट्रक्चरको सेक्युरिटी कन्फिडेन्सियल हुने गर्छ ।
सिबीआईदेखि रिलायन्स इष्डष्ट्रीज क्लाइन्ट
दुई वर्ष पहिले जब उनको उमेर २१ वर्षको थियो, उनले टिएसी सेक्युरिटी नामको साइबर सेक्युरिटी कम्पनी स्थापना गरे । अहिले त्रिशनित रिलायन्स, सिबीआई, पन्जाब पुलिस, गुजरात पुलिस, अमूल र एवजन साइकलजस्ता कम्पनीलाई साइबरसँग जोडिएका सेवाहरु प्रदान गर्छन् ।
उनले ह्याकिङ टक विद शिनित अरोडा’, ‘द ह्याकिङ एरा’ र ‘ह्याकिङ विद स्मार्टफोन्स’जस्ता किताब समेत लेखिसकेका छन् ।
दुबई र युकेमा कम्पनीको भर्चुअल अफिस छ । करिब ४० प्रतिशत क्लाइन्ट यिनै अफिसहरुबाट डिल गर्छन् । मिडिया रिपोर्टकाअनुसार दुनियाँभरका ५० फ्च्र्युन र ५०० कम्पनी उनका क्लाइन्ट छन् । जसबाट उनको कम्पनीको वार्षिक करोडौ रुपैयाँ टर्नओभर हुन्छ ।
सेल्फ स्टडी र पितासँगको एक्सपिरिमेन्टबाट तयार भए । उनले युट्युबमा भेटिएका भिडियोहरुबाट पनि सहायता लिए । उनले उत्तर भारतको पहिलो साइबर इमरजेन्सी रेस्पोन्स टिम सेटअप गरेका थिए ।