मुक्तिनाथ विकास बैकमा प्लस टु पढेकालाई पनि जागिरको अवसर

काठमाडौं—मुक्तिनाथ विकास बैकले विभिन्न पदहरुमा जागिरका लागि आवेदन माग गरेको छ । मुलुकको अग्रणी विकास बैकका रुपमा स्थापित मुक्तिनाथले शाखा म्यानेजरदेखि ट्रेनी एसिष्टेन्टसम्मका पदहरुका लागि ठूलो संख्यामा आवेदन खोलेको हो ।
विभिन्न ६ वटा पदमा खोलिएको आवेदनका लागि विभिन्न क्यालिफिकेसन तोकिएको छ । ट्रेनी एसिष्टेन्टका लागि भने प्लस टु पासले पनि आवेदन दिन पाउनेछन् । यो पदका लागि अनुभवको पनि चाहिने छैन् ।
बाँकी अन्य पदहरुमा भने पदअनुसार अनुभव र शैक्षिक योग्यता पनि माग गरिएको छ । इच्छुक ब्यक्तिहरुले अप्रिल १ गतेसम्म आवेदन दिन सकिनेछ ।
मुक्तिनाथको देशभरमा १ सय १५ शाखा छन् ।
Loading...