मंसिर १ देखि ५ गतेसम्म त्रिविका सबै क्याम्पस बन्द हुने

काठमाडौं । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका कारण त्रिभवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु मंसिर १ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै निर्वाचनका लागि मंसिर ५ गतेसम्म बिदा निर्णय निर्णय गरेको हो ।
अधिकांश क्याम्पस र कार्यालयहरुमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको र क्याम्पस र कार्यालयहरुका कर्मचारीहरु निर्वाचन कर्मचारीको रुपमा खटिएको कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकोले बिदा दिर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ । त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ ।
अधिकांश क्याम्पस र कार्यालयहरुमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको र क्याम्पस र कार्यालयहरुका कर्मचारीहरु निर्वाचन कर्मचारीको रुपमा खटिएको कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकोले बिदा दिर्ने निर्णय गरिएको बताइएको छ ।