जोरपाटीस्थित सुनौलो भविष्य स्कुलमा शनिबार बृहत रक्तदान कार्यक्रम हुँदै

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५, जोरपाटी नारायणटारस्थित सुनौलो भविष्य स्कुलमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । स्कुलले फागुन २७ गते शनिबार बिहान ८ बजेदेखि विद्यालय प्रांगणमा बृहत रक्तदान एवम् चियापान कार्यक्रम आयोजना गर्न लागेको हो ।
रक्तदान जीवनदान भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा सर्वसाधारणलाई रक्तदान गर्नका लागि विद्यालयले आह्वान गरेको छ ।
सुनौलो भविष्यले पछिल्लो समय विभिन्न सामाजिक गतिविधिहरुमा आफ्नो सक्रियता जनाउँदै आएको विद्यालयका सञ्चालक सदस्य विवेक दुलाल बताउँछन् । ‘विद्यालय भनेको शिक्षा दिनेमात्र नभएर समाजको समेत एक अभिन्न अंग हो,’ उनले भने, ‘त्यसैले हामीले समाजका लागि शिक्षाका अलवा अरु कुरामा पनि योगदान दिन सक्छौँ भनेर रक्तदान कार्यक्रमको आयोजना गरेका हौँ ।’
अस्पतालमा कुनै पनि बिरामीले रगतको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । यो कार्यक्रममालाई वर्षमा ४ पटकसम्म गर्ने योजना रहेको दुलालले बताए ।