25 Mar 2023 | शनिबार, ११ चैत, २०७९

logo
सोमबार, २२ फागुन, २०७९

नेपाल बालविकास शिक्षक केन्द्रीय समितिको महाधिवेशन काठमाडाैंमा शुरु

नेपाल बालविकास शिक्षक केन्द्रीय समितिको महाधिवेशन काठमाडाैंमा शुरु

काठमाडौं । नेपाल बालविकास शिक्षक केन्द्रीय समितिको पाँचौ महाधिवेशन शुरु भएको छ । समितिको नयाँ नेतृत्व चयनका लागि आज (सोमबार)बाट काठमाडौंमा महाधिवेशन आरम्भ भएको हो ।

देशभरका बालविकास शिक्षक एक हौँ भन्ने नाराका साथ शुरु भएको महाधिवेशनलाई पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उद्घाटन गरेका हुन् । भने, नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर विशिष्ट अतिथिको रुपमा थिइन् ।

कार्यक्रम उद्घाटन गर्दै पूर्व मन्त्री पौडेलले बाल शिक्षकहरुको हक हित र क्षमता अभिवृद्धिका लागि आफू सधैँ प्रतिबद्ध रहेको बताए । ‘बालशिक्षकहरूको माग र मुद्दा सम्बोधन गर्न म सधैँ प्रतिबद्ध छु,’ उनले भने, ‘म मन्त्री हुँदा पनि बालशिक्षकहरुको हौसला बढाउनका लागि मैले थुप्रै काम गरे जो तपाईंहरुसामू प्रष्ट छ ।’

यस्तै, कार्यक्रमको विशिष्ट अतिथि तुलाधरले समितिले गर्दै आएको कामलाई प्रशंसा गरिन् । ‘बालबिकास केन्द्रीय समितिले उदाहरणीय काम गर्दै आएको छ,’ कार्यक्रममा बोल्दै उनले भनिन्, ‘कुन संस्था आधिकारिक भन्ने विवाद भइरहेको छ तर म त भन्छु यो समिति नै आधिकारिक हो ।’

समितिकी अध्यक्ष कृष्ण कुमारी थापाको अध्यक्षतामा शुरु भएको महाधिवेशनमा सात वटै प्रदेशबाट प्रतिनिधिहरु आएका छन् । यो महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

Loading...

ताजा अपडेट

धेरै पढिएका समाचार