प्रेसिडेन्सीयल विजनेश स्कुललाई ‘एक्सीलेन्स एजुकेशन र इमर्जिङ आईटी कलेज अफ द इयर’ एवार्ड

काठमाडौं—प्रेसिडेन्सीयल विजनेश स्कुल (पीवीएस) ‘एक्सीसेन्स एजुकेसन र इमर्जिङ आईटी कलेज अफ दि इयर एवार्ड—२०२२’ बाट पुरस्कृत भएको छ । थापागाउँस्थित प्रेसिडेन्सीयल स्कुललाई संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा आयोजित एक कार्यक्रममा नेपाल एजुकेशन एवार्ड समारोहमा उक्त एवार्ड प्रदान गरिएको हो ।
प्रेसिडेन्सियल स्कुल नेपालमा गुणस्तरीय शिक्षा प्रदानका लागि नमूना केन्द्रका रुपमा विकास गर्ने लक्ष्यका साथ सन् २०११ मा स्थापना भएको हो। स्कुल अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीका कोर्सहरु नेपालमा पढाइरहेको छ ।
प्रेसिडेन्सीयल विजनेस स्कुलका अध्यक्ष लक्ष्मण केसीले स्कुलले दक्ष र प्राविधिक जनशक्ति उत्पादनमा विशेष जोड दिएको बताए । ‘हामीले दक्ष र प्राविधिक जनशक्ति उत्पादनमा विशेष जोड दिंदैं आएका छौं,’ उनले भने, ‘त्यसका लागि अत्याधुनिक भौतिक र प्राविधिक पूर्वाधारहरू एवं अन्तर्राष्ट्रिय एक्सपोजर विद्यार्थीहरुलाई दिइरहेका छौं ।’ उनकाअनुसार स्कूलले कर्पोरेट अभ्यासहरूमा विद्यार्थीहरूलाई विशेष पहुँच प्रदान गर्ने गरेको छ ।
प्रेसिडेन्सीयल विजनेश स्कुल न्यु विजनेश एज रेटिङ—२०१९ र २०२२ मा एमबीए श्रेणीमा टप सेकेन्ड र टप ५ बिजनेस स्कुलको रुपमा मान्यता दिएको थियो । स्कुलले विद्यार्थीहरूलाई नयाँ वातावरणमा शिक्षा प्रदान गर्नुका साथै उनीहरूको व्यवसायिक रुपान्तरणमा पनि सहयोग गर्दै आएको छ ।
स्कुलकी प्रिन्सिपल कल्पना गुरुङले प्रेसिडेन्सियल बिजनेस स्कुलले विश्वव्यापी रुपमा कर्पोरेट क्षेत्रको मानव संसाधनको आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान गर्न सफल भएको बताइन् । ‘स्कुलको ध्यान र समर्पण शैक्षिक उत्कृष्टता प्रति छ भन्ने कुरा स्कुलले पाएको ‘‘एक्सीलेन्स एजुकेशन एवार्ड’ र ‘इमर्जिङ आईटी कलेज अफ दि इयर—२०२२’ पुरस्कारले प्रमाणित गरेको छ,’ उनले भनिन् ।