25 Mar 2023 | शनिबार, ११ चैत, २०७९

logo
आइतबार, २८ फागुन, २०७९

बुढालिनकण्ठ–१० स्थित तिरुपति स्कुलले मनायो १६ औं वार्षिकोत्सव

बुढालिनकण्ठ–१० स्थित तिरुपति स्कुलले मनायो १६ औं वार्षिकोत्सव

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–१० स्थित तिरुपति इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शनिबार तिरुपतिले एक भव्य समारोहका बिच वार्षिकोत्सव मनाएको हो ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

विद्यार्थीको शिक्षा र अतिरिक्त क्रियाकलापलाई सँगसँगै अघि बढाउँदै आएको तिरुपतिले प्रतिभावान विद्यार्थीसमेत उत्पादन गर्दै आएको छ ।

कार्यक्रमका अतिथि तथा अभिभावकहरुलाई स्वागत गर्दै तिरुपति इंगलिस बोर्डिंग स्कुलका प्रधानाध्यापक तेन्जिङ भोटियाले यो वर्ष विद्यालयले गरेको गतिविधि र उपलब्धिलाई प्रस्तुत गरेका थिए । साथै, उनले आगामी वर्ष विद्यालयले चाल्ने रणनीतिका बारेमा पनि प्रष्ट पारेका थिए ।

कार्यक्रममा नेसनल प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल विशेष अतिथिका रुपमा उपस्थित थिए । भने, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र निवर्तमान प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले तिरुपति १६ औं वर्षमा प्रवेश गरेकोमा शुभकामना व्यक्त गरे । ‘तिरुपति अब तन्नेरी भएको छ,’ उनले भने, ‘अझै तिरपतिले देश विकासमा शैक्षिक जनशक्ति उत्पादन गरेर सहयोग गर्दै जाओस् शुभकामना ।’

कार्यक्रममा विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Loading...

ताजा अपडेट

धेरै पढिएका समाचार