नागरिक छात्रवृत्ति कोष शुभारम्भ, ८० जना विद्यार्थीले छात्रवृत्ति पाउने
काठमाडौं—नागरिक छात्रवृत्ति कोषको शुभारम्भ भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड र नेपाली विद्यार्थीका लागि प्राविधिक अनुभव आदान—प्रदान अन्तर्राष्ट्रिय एशोसियसन संयुक्त रुपमा उक्त छात्रवृत्ति कोष सुरुवात गरेका हुन् ।
छात्रवृत्ति कोषमा गैरआवासीय नेपाली संघ थाइल्याण्ड एनसीसी र नेपाली विद्यार्थीका लागि प्राविधिक अनुभव आदान प्रदान अन्तर्राष्ट्रिय एशोसियसन थाइल्याण्डका विद्यार्थी संकलन गरेको रु. ३५ लाख राखिएको छ । कोषबाट ८० जना नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ । ५ वर्षसम्म भने भूकम्प पीडित विद्यार्थीहरु छात्रवृत्तिका लागि प्राथमिकतामा पर्नेछन् ।
छात्रवृत्ति कोषको उद्घाटन गर्दै उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षित रहेको बताए । उनले कोषबाट नेपाली विद्यार्थीको अध्ययनको स्तर र प्राविधिकी अनुभव वृद्धिमा टेवा पु¥याउने विश्वास ब्यक्त गरे ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले कोषको विषयमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा त्रिविका उपकुलपति तीर्थ खनियाँले गैरआवासीय नेपालीको यो प्रयासको उल्लेखनीय भएको बताए ।
नेपालका लागि थाइल्याण्डका राजदूत भाकभात तान्स्कुलले यो छात्रवृत्ति कोषले दुःखमा परेका नेपाली विद्यार्थीलाई सहयोग पुग्ने बताए ।