आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति १०० जनालाई, को को परे ?

काठमाडौं—विद्यार्थीहरुको उज्ज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पु¥याउने उद्वेश्यले आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र– २०७३ ‘आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’ सार्वजनिक गरेको छ । जस अन्तर्गत १०० जना विद्यार्थीलाई छात्रवृत्ति दिइएको छ ।
छात्रवृृति सार्वजनिक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्याब्सनका अध्यक्ष विजय सम्बाहम्फे र हिसानका उपाध्यक्ष डा. स्वागत श्रेष्ठको उपस्थिती रहेको थियो ।
छात्रवृति सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई तथा ग्लोबल आईएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर छात्रवृति प्रदान गरेको जानकारी गराउँदै यहीँ नै छात्रवृति पूर्ण नभएपनि यसले दिन खोजेको सन्देश बृहत् रहेको धारणा राखे ।
छात्रवृति समितिका सह–संयोजक डेनियल डी. श्रेष्ठ , हिसान उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, प्याब्सन अध्यक्ष विजय सम्बाहम्फे, आईएमई तथा ग्लोबल आईएमई बैंकका सीईओद्वय सुमन पोखरेल र अनिल ज्ञवालीले आकाँक्षा छात्रवृति योजनाको विषयमा प्रकाश पारेका थिए ।
उक्त छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्यालयमा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विद्यार्थीबाट प्राप्त भएका सदर आवेदनका आधारमा एक शैक्षिक सत्र अथवा शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिएको हो । आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाइने १० लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागि एक सय जना विद्यार्थीलाई गत शैक्षिक सत्रदेखि नै छात्रवृत्ति प्रदान गर्न थालिएको हो ।
छात्रवृत्तिका लागि उक्त संस्थाको वेब साइट एवंम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा आफ्नो विवरण भरी कम्तिमा दुई बर्ष अघिदेखिका शैक्षिक प्रमाणपत्र र सम्बन्धित विद्यालय प्रधानाध्यापकको सिफारिस सहित २०७३ साल कार्तिक ३ देखि मंसिर १५ सम्म आवेदन आह्वान गरिएको थियो । फारम पायक पर्ने आईएमई सेन्टर, एजेन्ट आउटलेट, आईएमईका क्षेत्रीय सम्पर्क कार्यालय एवम् ग्लोबल आईएमई बैंकका सबै शाखा कार्यालय वा एक्सटेन्सन काउण्टरहरु मार्फत् वा इमेल ठेगाना aakanshya@imeremit.com.npमा पठाउन सकिने ब्यवस्था मिलाइएको थियो छ ।
आईएमई लिमिटेड एवं ग्लोबल आईएमई बैंकको संयुक्त पहलमा ल्याइएको यो योजना यी दुवै वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने जनाइएको छ ।
निर्धारित समयमा रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर सम्बन्धित संस्थाका उच्च पदाधिकारी एवम् शिक्षाविद् संलग्न समितिले निर्णय गरी अन्तिम नतिजा मंगलबार प्रकाशन गरिएको थियो ।
को को छानिए छात्रवृत्तिका लागि ?