राष्ट्रिय परीक्षा बोर्डले ३२ वटा शोधपत्रका लागि सपोर्ट ग्रान्ट दिने

काठमाडाैं—राष्ट्रिय परीक्षा बोर्डले ३२ वटा विद्यालय शिक्षाको मुल्यांकनसँग सम्बन्धित ३२ वटा शोधलाई सपोर्ट ग्रान्ट दिने भएको छ ।
बोर्डले एक सूचना प्रकाशित गर्दै उक्त शोध ग्रान्ट सपोर्टका लागि इच्छुकबाट जेठ मसान्तभित्र आवेदन माग गरेको हो ।
बोर्डले स्नाकोत्तर तहमा २५ शोधपत्रका लागि २० हजारका दरले अनुदान दिनेछ । यस्तै, एम फिल तहका ५ वटा शोधपत्रका लागि ३० हजार र विद्यावाधिरी तहका २ वटा शोधपत्रका लागि ५० हजार दरले सपोर्ट ग्रान्त प्रदान गर्ने जनाएको छ ।
Loading...