Techie IT
  • शुक्रबार, वैशाख ७, २०८१ / Saturday, April 20, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारशैक्षिक महिला सञ्जालको अध्यक्षमा टाइमलाइनकी पार्वती दाहाल निर्वाचित, अन्य पदमा काे–काे ?

शैक्षिक महिला सञ्जालको अध्यक्षमा टाइमलाइनकी पार्वती दाहाल निर्वाचित, अन्य पदमा काे–काे ?


काठमाडौं । शैक्षिक महिला सञ्जालको अध्यक्षमा गोकर्णेश्वर–५ जोरपाटी नयाबस्तीस्थित टाइमलाइन स्कुलकी संस्थापक निर्देशक पार्वती दाहाल निर्वाचित भएकी छन् । सञ्जालको तेस्रो स्थापना दिवस तथा पहिलो साधारण सभाबाट दोस्रो कार्यकालका लागि दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

शनिबार बुढानिलकण्ठस्थित रोयल भिल्ला रिसोर्टमा भएको साधारणसभाबाट सञ्जालको उपाध्यक्षमा आशद्विप स्कुलकी शुआभा केसी, सचिवमा पाँचपोखरी मोडल स्कुलकी मेनुका घिमिरे, कोषाध्यक्षमा सर्वनाम शिक्षालयकी लक्ष्मी भण्डारी निर्वाचित भएकी छन् । त्यसैगरी, सदस्यहरुमा टाइमलाइन स्कुलकी ललिता रिजाल, सुनौलो भविष्य स्कुलकी साधना खतिवडा, विजया दाहाल, लक्ष्मी गुरुङ, पद्मा रिजाल निर्वाचित भएका हुन् ।

काठमाडौं जिल्लाभरका निजी विद्यालयका संस्थापक तथा कार्यरत महिलाहरुको यो संस्थामा ५० भन्दा बढी निजी शैक्षिक संस्थाका संस्थापक महिलाहरु आवद्ध छन् ।
सामाजिक कार्यमा सक्रियता, व्यक्तित्व विकास, नेतृत्व विकास र संस्थागत विकासलाई मूख्य उद्धेश्य राखेर अघि बढेको यो संस्था विभिन्न शैक्षिक तथा सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट