Techie IT
  • शनिबार, चैत्र २१, २०८२ / Saturday, April 4, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारवैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले इन्ट्रान्स (Entrance) तयारी कक्षा तथा ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ। मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विद्यालय तथा उच्च शिक्षाका विभिन्न तहमा सञ्चालन हुँदै आएका यस्ता कक्षाहरू अब रोक लगाइने भएको हो।

मन्त्रालयका अनुसार विभिन्न संस्थाहरूले भर्ना प्रक्रिया सुरु हुनुअघि नै इन्ट्रान्स तयारी कक्षा सञ्चालन गर्दै आएका छन्, जसले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक प्रभाव पार्ने, शिक्षामा असमानता बढाउने तथा अभिभावकमाथि अनावश्यक आर्थिक बोझ थप्ने गरेको निष्कर्ष निकालिएको छ।

यसैलाई मध्यनजर गर्दै आगामी २०८३ साल वैशाख १ गतेदेखि यस्ता ‘इन्ट्रान्स तयारी’ कक्षा तथा ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

निर्देशन विपरीत कक्षा सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ। साथै, निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकाय तथा जिल्ला प्रशासन कार्यालयहरूलाई अनुगमन कडाइ गर्न अनुरोध गरिएको छ।

मन्त्रालयको यस निर्णयसँगै निजी क्षेत्रबाट सञ्चालन हुँदै आएका इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सहरूमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको