शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । पदभार ग्रहण गरेलगत्तै मन्त्रालयले मन्त्रीसमक्ष प्रस्तुत गरेको ‘तत्काल सुधार गर्नुपर्ने एजेण्डा’ मा यो विषय समावेश गरिएको हो ।
मन्त्रालयले तयार पारेको तत्काल सुधार गर्नुपर्ने एजेण्डाको ६ नम्बर बुँदामा इसिडी शिक्षक तथा विद्यालय कर्मचारीको तलब १९ हजार ५ सय रुपैयाँ कायम गर्न आवश्यक बजेट व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ३० हजार ५ सय ३१ जना इसिडी शिक्षक र ३३ हजार ४५ जना विद्यालय कर्मचारी कार्यरत छन् । उनीहरूको पारिश्रमिक वृद्धि सम्बन्धी विषय लामो समयदेखि उठ्दै आएको मागमध्ये एक हो ।
मन्त्री पोखरेलले मन्त्रालयले अघि सारेका सबै एजेण्डा आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । उनले सम्बन्धित सरोकारवालासँग छलफल गरेर आवश्यक निर्णय गर्दै अघि बढ्ने बताए ।
ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया