Techie IT
  • बुधबार, कात्तिक १९, २०८३ / Wednesday, November 4, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ वर्षौंदेखि अतिक्रमणमा परेको त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

वर्षौंदेखि अतिक्रमणमा परेको त्रिविको ७०५ रोपनी जग्गा फिर्ता


काठमाडौं । वर्षौंदेखि अतिक्रमण तथा अव्यवस्थित रूपमा प्रयोग हुँदै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको छ ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार मन्त्रालयको पहलमा छ महिनाको अवधिमै काठमाडौं उपत्यकाभित्र रहेको त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याउन सफलता मिलेको हो ।

वर्षौंदेखि अतिक्रमणमा परेको र अनधिकृत रूपमा प्रयोग हुँदै आएको त्रिविको जग्गा फिर्ता ल्याई विश्वविद्यालयको सम्पत्तिको संरक्षण गर्ने विषयलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको मन्त्री पोखरेलले उल्लेख गरेका छन् ।

उनका अनुसार मन्त्रालयले अतिक्रमित तथा अनधिकृत रूपमा प्रयोग भएका जग्गाहरू खाली गराउन निर्देशन दिएको थियो। सोहीअनुसार त्रिवि प्रशासनसँग निरन्तर समन्वय, पत्राचार र आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाइएको थियो ।

मन्त्रालयको पहल र त्रिवि प्रशासनसँगको निरन्तर समन्वयपछि छ महिनामै उक्त जग्गा फिर्ता ल्याउन सफल भएको उनले बताएका छन् ।

फिर्ता भएको जग्गा विश्वविद्यालयकै हितमा उपयोग गरिने जनाइएको छ। त्रिविको शैक्षिक वातावरण सुधार, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा आधुनिक अनुसन्धान केन्द्र र शैक्षिक पूर्वाधार निर्माणमा उक्त जग्गा उपयोग गर्ने योजना रहेको मन्त्री पोखरेलले बताएका छन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको