कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
कक्षा १२ को नतिजा चित्त नबुझेका धेरै विद्यार्थीमा रिचेकिङका लागि सिधै आवेदन दिन पाइन्छ कि पाइँदैन भन्ने अन्योल देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार विद्यार्थीले चरणबद्ध प्रक्रियाअनुसार अगाडि बढ्नुपर्छ । रिटोटलिङ नगरी सिधै उत्तरपुस्तिकाको पुनःपरीक्षण (रिचेकिङ) गर्न पाइँदैन ।
यस्तो छ प्रक्रिया :
🔹 पहिलो चरण : Retotaling
प्रति विषय १ हजार रुपैयाँ तिरेर पुनर्योग (Retotaling) का लागि आवेदन दिनुपर्छ ।
🔹 दोस्रो चरण : उत्तरपुस्तिका हेर्ने
Retotaling को नतिजा पनि चित्त नबुझेमा प्रति विषय १ हजार ५ सय रुपैयाँ तिरेर उत्तरपुस्तिका हेर्न पाइन्छ ।
🔹 तेस्रो चरण : उत्तरपुस्तिका पुनःपरीक्षण (रिचेकिङ)
उत्तरपुस्तिका हेरेर पनि चित्त नबुझेमा प्रति विषय २ हजार रुपैयाँ तिरेर उत्तरपुस्तिकाको पुनःपरीक्षण गर्न सकिन्छ । यसका लागि विद्यार्थी र अभिभावकको उपस्थिति अनिवार्य गरिएको छ ।
बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार प्रक्रियाअनुसार चरणबद्ध रूपमा अगाडि बढ्नुपर्ने भएकाले रिटोटलिङ नगरी सिधै रिचेकिङका लागि आवेदन दिन पाइँदैन ।
ताजा अपडेट
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया