साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
काठमाडौँ । हेलम्बु एजुकेसन एन्ड लाइभलिहुड पार्टनरसिप (HELP) द्वारा सञ्चालित ‘साथी शिक्षक कार्यक्रम’ को आठौँ समूह (कोहोर्ट) का लागि आवेदन खुला गरिएको छ। सामुदायिक विद्यालयका विद्यार्थीको आधारभूत सिकाइ सीप सुधार गर्ने उद्देश्यले सञ्चालित यस कार्यक्रममा शिक्षा क्षेत्रमा रुचि राख्ने युवाले आवेदन दिन सक्नेछन्।
विगत सात वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमले आधारभूत तहका विद्यार्थीको पठन, लेखन तथा गणितीय सीप विकासमा जोड दिँदै आएको छ। हाल यो कार्यक्रम सिन्धुपाल्चोक र तनहुँ जिल्लाका तीन स्थानीय तहमा सञ्चालन भइरहेको छ।
कार्यक्रमअन्तर्गत साथी शिक्षकहरूले विभिन्न शिक्षण विधिको प्रयोग गरी विद्यार्थीलाई सिकाइ प्रक्रियामा सक्रिय रूपमा सहभागी गराउँछन्। आधारभूत साक्षरता तथा संख्यात्मक सीप विकाससँगै विद्यार्थीमा आलोचनात्मक सोच, सञ्चार, सहकार्य र सिर्जनशीलता अभिवृद्धि गर्न पनि कार्यक्रमले प्राथमिकता दिएको छ। यी चार क्षमतालाई ‘फोर सी स्किल्स’ (4C Skills) भनिन्छ, जुन एक्काइसौँ शताब्दीका महत्त्वपूर्ण सीपका रूपमा लिइन्छन्।
साथी शिक्षक कार्यक्रम सातौँ समूहसम्म आइपुग्दा ५३ जना पूर्वसाथी शिक्षक यससँग जोडिएका छन्। हाल २९ जना साथी शिक्षक कार्यरत छन्। कार्यक्रममार्फत हालसम्म दुई हजारभन्दा बढी विद्यार्थीलाई प्रत्यक्ष रूपमा सहयोग पुगेको जनाइएको छ।
शिक्षा क्षेत्रमा काम गर्न, आफ्नो क्षमता विकास गर्न तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा योगदान दिन इच्छुक युवाका लागि यो कार्यक्रम अवसरका रूपमा रहनेछ। आवेदन फाराम भर्न यहाँ क्लिक गर्नुहोस्। कार्यक्रमसम्बन्धी थप जानकारी साथी शिक्षक कार्यक्रमको आधिकारिक वेबसाइटमा उपलब्ध छ।
कार्यक्रमको उद्देश्य, कार्यप्रक्रिया तथा आवेदनसम्बन्धी थप जानकारी आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।
साथी शिक्षक कार्यक्रम स्थानीय सरकारसँगको सहकार्यमा सञ्चालन हुँदै आएको छ। यस कार्यक्रममार्फत आफ्नो स्थानीय तहका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न इच्छुक स्थानीय सरकारले पनि सहकार्यका लागि आफ्नो रुचि व्यक्त गर्न सक्नेछन्। स्थानीय तहले कार्यक्रमसँग सहकार्य गर्न आफ्नो रुचि यस फाराममार्फत व्यक्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया