Techie IT
  • सोमबार, मंसीर १, २०८३ / Monday, November 16, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ त्रिविले निकाल्यो बीबीएस प्रथम वर्षको नतिजा, चार विद्यार्थीलाई दुई वर्ष परीक्षा दिन रोक

त्रिविले निकाल्यो बीबीएस प्रथम वर्षको नतिजा, चार विद्यार्थीलाई दुई वर्ष परीक्षा दिन रोक


त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले व्यवस्थापन संकायअन्तर्गत चारवर्षे बीबीएस (BBS) प्रथम वर्षको नियमित परीक्षाको नतिजा प्रकाशित गरेको छ। विश्वविद्यालयले २०८३ साल साउन महिनामा सञ्चालन गरेको बीबीएस प्रथम वर्षको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयअनुसार प्रकाशित गरेको हो ।

परीक्षार्थीले आफ्नो नतिजा त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक नतिजा पोर्टलमार्फत हेर्न सक्नेछन्। नतिजा हेर्नका लागि www.result.exam.tu.edu.np मा जान सकिनेछ । यसैबीच, त्रिभुवन विश्वविद्यालयले परीक्षा मर्यादाविपरीत कार्य गरेको अभियोगमा चार जना परीक्षार्थीलाई दुई वर्षका लागि विश्वविद्यालयबाट सञ्चालन हुने परीक्षामा सहभागी हुन नपाउने गरी निष्कासन गरेको छ ।

विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० को परिच्छेद ६६ का नियम २६०, २६६ र २७० अनुसार उनीहरूमाथि कारबाही गरिएको सूचनामा उल्लेख छ । विश्वविद्यालयले सम्बन्धित क्याम्पसहरूलाई टीयू–इएमआईएस पोर्टलको नतिजा मेनुमा रहेको अंकपत्र विकल्पबाट अंकपत्र प्रिन्ट गरी विद्यार्थीलाई वितरण गर्नसमेत अनुरोध गरेको छ ।

 



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको