आजबाट एसईई परीक्षा सुरु
काठमाडौं — माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु भएको छ। बिहान ८ बजेदेखि परीक्षा सञ्चालन भएकाे हाे ।
बोर्डले यसअघि नै परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको थियो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार प्रदेश र जिल्लासँग समन्वय गरी प्रश्नपत्र, उत्तरपुस्तिका तथा आवश्यक सामग्री सम्बन्धित केन्द्रमा पठाइसकिएको थियो। परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, कर्मचारी र सुरक्षाकर्मी पनि केन्द्रमा खटाइएको बोर्डले जनाएको छ ।
यसवर्ष एसईई सञ्चालनका लागि देशभर १ हजार ९६६ वटा परीक्षा केन्द्र तोकिएका छन्। तीमध्ये एउटा केन्द्र जापानमा पनि रहेको छ । बोर्डका अनुसार यस पटक ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी परीक्षामा सहभागी छन् । परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य रहेका छन्। जापानस्थित एभरेस्ट स्कुलबाट २३ विद्यार्थीले परीक्षा दिइरहेका छन् ।
आजको पहिलो दिन अंग्रेजी विषयको परीक्षा बिहान ८–११ बजे सञ्चालन भइरहेको छ। बोर्डले परीक्षा निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक व्यवस्थापन गरिएको जनाएको छ ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया