Techie IT
  • शुक्रबार, असोज १६, २०८३ / Friday, October 2, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप

राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप


काठमाडौं । चावहिल–सरस्वतीनगरस्थित रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत सञ्चालित नेपाल विद्या सदन स्कुलकी कक्षा ६ मा अध्ययनरत आन्या घलान राष्ट्रियस्तरको लिटल च्याम्प्स सिजन–४ की उपविजेता बनेकी छन्।

लाइफ ओके टेलिभिजनबाट प्रसारित उक्त प्रतियोगितामा देशभरका ४०० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए। करिब ६ महिनासम्म सञ्चालन भएको धारावाहिक प्रतिस्पर्धामा विभिन्न चरण पार गर्दै आन्याले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गर्न सफल भएकी हुन्।

उपविजेता बनेकी आन्याले नगद ५० हजार रुपैयाँ, प्रमाणपत्रलगायत विभिन्न पुरस्कार प्राप्त गरेकी छन्।

नेपाल विद्या सदनका प्रधानाध्यापक लक्ष्मण आचार्यका अनुसार विद्यालयले नियमित पठनपाठनसँगै विद्यार्थीको अतिरिक्त क्षमता र प्रतिभा विकासलाई पनि प्राथमिकता दिँदै आएको छ। उनका अनुसार प्रत्येक दिन नियमित कक्षा समाप्त भएपछि विद्यार्थीलाई एक घण्टा अतिरिक्त क्रियाकलाप तथा अभ्यासका लागि समय छुट्याउने गरिएको छ।

विद्यार्थीको प्रतिभा पहिचान गरी आवश्यक अभ्यास र अवसर प्रदान गर्दै आएकै कारण आन्याले राष्ट्रियस्तरको प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको प्रधानाध्यापक आचार्यले बताए।

रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत पाँचवटा विद्यालय र तीनवटा कलेज सञ्चालनमा रहेका छन्। सोही नेटवर्कअन्तर्गत पछिल्लो संस्थाका रूपमा नेपाल विद्या सदन सञ्चालनमा आएको हो।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको