अरूको नाममा एसईई दिने नक्कली परीक्षार्थी मकवानपुरमा पक्राउ
काठमाडाैं । हेटाैंडामा माध्यमिक शिक्षा परीक्षा (एसईई)का क्रममा अर्काको नाममा परीक्षा दिन आएको एक नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार बिहान करिब ८ बजेतिर हेटौँडा–१० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको परीक्षा केन्द्रमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा सिन्धुली जिल्लाको मरिन गाउँपालिका–४ स्थायी घर भएका तथा हाल हेटौँडा–४ स्थित हेटौँडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीय बिराज विक रहेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा विकले अर्का व्यक्तिको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिन आएको खुलेको छ। उनले हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका १९ वर्षीय अंकिश श्रेष्ठको नामको प्रवेशपत्र प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न विक र श्रेष्ठ दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिएका छन्।
ताजा अपडेट
- अरूको नाममा एसईई दिने नक्कली परीक्षार्थी मकवानपुरमा पक्राउ
- कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजासहित चिरायु एकेडेमी शंखरापुर नगरपालिकामै प्रथम
- आजबाट एसईई परीक्षा सुरु
- एसईई उत्तरपुस्तिका परीक्षणको नयाँ व्यवस्था: तीन दिनभित्र जाँचिसक्नुपर्ने, लापरवाही गरे कारबाही हुने
- एसईईको नयाँ निर्देशिका जारी: यस्तो छ केन्द्राध्यक्षको जिम्मेवारी
- भोलिदेखि एसईई परीक्षा, देशभर तयारी पूरा, परीक्षा सकिएको एक महिनाभित्र नतिजा
- २०५३ सालको एसएलसी टपर डा. बगाले भरतपुर अस्पतालको मेसुमा नियुक्त
- एक महिनाभित्र एसईई नतिजा ल्याउने कार्यविधि बोर्डबाट पास, बुधबार मन्त्रालयले प्रमाणीकरण गर्ने
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया