Techie IT
  • शनिबार, चैत्र २१, २०८२ / Saturday, April 4, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारपूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?

पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?


काठमाडाैं । जेन–जी आन्दोलन दमन प्रकरणमा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखक विरुद्धको अनुसन्धान प्रक्रिया अब औपचारिक रूपमा अगाडि बढ्ने भएको छ । यस प्रकरणलाई कानुनी रूपमा कसरी अघि बढाइन्छ भन्ने विषय निकै महत्वपूर्ण भएकाले प्रक्रिया चरणबद्ध रूपमा यसरी अघि बढ्छ ।

१. प्रारम्भिक हिरासत र अनुसन्धान 
पक्राउपछि दुवै नेतालाई तत्काल न्यायिक हिरासतमा राखिएको छ । आज सार्वजनिक बिदा परेकाले औपचारिक कानुनी प्रक्रिया सुरु गर्न अदालतमा पेश गर्न सम्भव नभएकोले प्रारम्भिक चरणमा प्रहरी नियन्त्रणमै राखेर अनुसन्धानको तयारी गरिएको छ । यस अवधिमा प्रहरी टोलीले घटनासम्बन्धी प्राथमिक सूचना संकलन, कागजातहरूको अध्ययन तथा सम्भावित प्रमाणहरूको संरक्षण गर्ने कार्य गर्छ ।

२. अदालतबाट म्याद थप लिने प्रक्रिया
भोलि आइतबार उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइनेछ । त्यहाँ प्रहरीले अनुसन्धानका लागि निश्चित समय माग्नेछ, जसलाई सामान्यतया रिमाण्ड भनिन्छ। अदालतले प्रस्तुत प्रमाण र आवश्यकताको आधारमा केही दिनदेखि हप्तासम्मको म्याद दिन सक्छ । यही समयावधिमा औपचारिक अनुसन्धान तीव्र रूपमा अगाडि बढाइन्छ ।

३. बयान, सोधपुछ र प्रमाण संकलन
म्याद प्राप्त भएपछि प्रहरी अनुसन्धानको मुख्य चरण सुरु हुन्छ । यस अन्तर्गतः २३ र २४ गते भएको घटनाबारे विस्तृत बयान लिइनेछ आन्दोलन दमनसँग सम्बन्धित आदेश, निर्णय र भूमिकाबारे प्रश्न सोधिनेछ प्रत्यक्षदर्शी, पीडित र सम्बन्धित अधिकारीहरूसँग पनि बयान लिइनेछ भिडियो, अडियो, कागजात लगायतका प्रमाणहरू संकलन गरिनेछ यस प्रक्रियामा कार्की आयोगले दिएको प्रतिवेदनलाई प्रमुख आधारका रूपमा प्रयोग गरिनेछ ।

४. सरकारी वकिलमार्फत अभियोग तयार
प्रहरीले संकलन गरेको प्रमाण र बयानका आधारमा अनुसन्धान प्रतिवेदन तयार गरी जिल्ला सरकारी वकिल कार्यालयमा पठाउनेछ । सरकारी वकिलले उपलब्ध प्रमाणहरूको कानुनी मूल्यांकन गर्ने कुन–कुन धारामा मुद्दा चलाउन मिल्छ भन्ने निर्धारण गर्ने आवश्यक परे थप अनुसन्धानका लागि निर्देशन दिने

५. मुद्दा दर्ता र औपचारिक अभियोजन
सरकारी वकिलको सिफारिसपछि सम्बन्धित जिल्ला अदालतमा मुद्दा दर्ता गरिनेछ । यहाँ दुई सम्भावना रहन्छः कार्की आयोगले सिफारिस गरेको अभियोगकै आधारमा मुद्दा चल्ने वा अनुसन्धानबाट थप प्रमाण भेटिएमा नयाँ वा थप अभियोग पनि जोडिन सक्छ ।

६. अदालतमा सुनुवाइ र न्यायिक प्रक्रिया
मुद्दा दर्ता भएपछि थुनछेक बहस (जेल वा धरौटीमा छोड्ने निर्णय) प्रमाण परीक्षण साक्षीको बयान अन्तिम बहस पछि अदालतले दोषी वा निर्दोषको अन्तिम फैसला गर्नेछ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको