Techie IT
  • शनिबार, चैत्र २१, २०८२ / Saturday, April 4, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचार२०५३ सालको एसएलसी टपर डा. बगाले भरतपुर अस्पतालको मेसुमा नियुक्त

२०५३ सालको एसएलसी टपर डा. बगाले भरतपुर अस्पतालको मेसुमा नियुक्त


काठमाडौं — २०५३ सालको एसएलसी परीक्षा नेपाल टपर डा. विश्वबन्धु बगाले अब भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट (मेसु)को जिम्मेवारी सम्हाल्ने भएका छन्। स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले बुधबार डा. बगालेलाई अस्पतालको मेसुमा नियुक्त गरेकी हुन्।

डा. बगाले सिद्धार्थ बनस्थली स्कुलबाट एसएलसी उत्तीर्ण गरे। उनी यसअघि स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए भने गण्डकी प्रदेशको स्वास्थ्य सचिवको रुपमा समेत सेवा दिइसकेका छन्। युनिभर्सिटी अफ मेलबर्नबाट जनस्वास्थ्यमा स्नातकोत्तर गरेका डा. बगाले ११औँ तहका बाल रोग विशेषज्ञ हुन्।

नवनियुक्त मेसु डा. बगाले भन्छन्, “म मन्त्रालयकै सेवा समूहबाट आएको हुँ। अब भरतपुर अस्पतालको सेवा प्रवाह सुधार र अन्य कार्यमा ध्यान दिनेछु।”

यसअघि अस्पतालको मेसु डा. कृष्ण पौडेल (१०औँ तह) थिए।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको