एसईई परीक्षा रद्द हुँदा के हुन्छ ? राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले यसो भने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा रद्द गर्न नहुने बताएका छन् । बिहीबार शिक्षा समितिमा शिक्षा विधेयकमाथिको छलफलमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षशर्माले एसईई परीक्षा रद्द गर्न नहुने बताएका हुन् ।
‘विधेयकमा कक्षा १० को परीक्षा हराएको छ । १० को परीक्षा हटाएर राम्रो हुन्छ भन्ने छैन’, उनले भने । जनशक्ति कस्तो बनाउने भन्ने कुरा पाठ्यक्रमले निर्देशन गर्ने, पाठ्यक्रमको कार्यान्वयन शिक्षण सिकाइमा कसरी भइरहेको र प्रभावकारिता अथवा कस्तो भइरहेको छ भन्ने मूल्याङ्कन गर्ने परीक्षा मार्फत हो भएकोले कक्षा १० को परीक्षा हुन जरुरी रहेको उनको भनाइ छ ।
‘परीक्षा नै नभए विद्यार्थी पढ्न पनि पढ्दैनन् । १० कक्षामा फेल भए विद्यार्थी पढ्छन् । परीक्षाको नतिजाको आधारमा सुधार गर्छन्’, उनी भन्छन् ‘तर, १२ कक्षामा फेल भए पढ्दैनन् । त्यसैले बरु प्रदेशिक रूपमा गरौं तर १० कक्षाको परीक्षा रद्द नगरौं ।’ अध्यक्ष शर्माले कक्षा १२ को नतिजा कमजोर देखिरहेको बेला झन् कक्षा ८ पछि १२ मा मात्र परीक्षा लिदा ५० प्रतिशत पनि विद्यार्थी पास नहुने जोखिम रहने बताए ।
जुम्लामा पढ्ने विद्यार्थी र काठमाडौंमा पढ्ने विद्यार्थीको पाठ्यक्रम समान हुने भएकाले विद्यार्थीको शिक्षण सिकाइ स्तर पनि समान बनाउनको लागि राज्यले व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
ताजा अपडेट
- मध्यपश्चिममा गौतम र पूर्वाञ्चल विश्वविद्यालयमा थपलिया उपकुलपतिमा नियुक्त
- गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
- कक्षा १२ को परीक्षा आजदेखि सुरु, ३ लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी
- त्रिविका प्रमुख कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश
- राजनीतिमा लागेका शिक्षकमाथि होला त कारबाही ?
- विश्वविद्यालयबाट निस्किँदा विद्यार्थीहरू सक्षम र चरित्रवान भएर निस्किनुपर्छ : प्रधानमन्त्री
- पहिलोपटक र्याण्डम विधिबाट तोकियो कक्षा १२ को परीक्षा केन्द्र, कसको सेन्टर कहाँ ? (सूचिसहित)
- काठमाडौं पूर्वी भेगकै उत्कृष्ट मन्टेश्वरी ‘किड्स वर्ल्ड किन्डरगार्टेन’को वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- चैत १५ गतेबाट एसईई परीक्षा गर्ने बोर्डको निर्णय, पहिलो दिन अंग्रेजी
- एसईई परीक्षा रद्द हुँदा के हुन्छ ? राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले यसो भने
- काठमाडौं पूर्वी भेगकै उत्कृष्ट मन्टेश्वरी ‘किड्स वर्ल्ड किन्डरगार्टेन’को वार्षिकोत्सव सम्पन्न
- NSL Nepal Open International Pickleball Tournament 2024: A Success Story
- सेन्ट लरेन्सलाई ‘कलेज अफ दि इयर’ एवार्ड
- आफ्ना दर्जन कवितासँगै गुञ्जिइन् जयन्ती ‘स्पन्दन’
- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त, यस्तो छ उनको पृष्ठभूमी
- कस्तो हुनुपर्छ जनप्रतिनिधि ?
तपाईको प्रतिक्रिया