रिलायन्स पब्लिक स्कुलमा नमुना स्थानीय सभा, विद्यार्थीले चुने मेयर र उपमेयर
काठमाडौं । रिलायन्स पब्लिक स्कुलमा रिलायन्स पब्लिक नमुना स्थानीय सभा–२०८० सम्पन्न भएको छ । गत माघ २४ गतेबाट सुरु गरिएको नमुना स्थानीय सभा मेयर, उपमेयर र सचिव मतदानमार्फत चयन गरेसँगै सम्पन्न भएको हो ।

उक्त निर्वाचन प्रक्रियामा कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरुलाई सहभागि गराइएको थियो । संघीय बहसका लागि युवा नामक संस्थासँगको सहकार्यमा सुरु भएको उक्त कार्यक्रम कार्यक्रम गत माघ २९ गते सम्पन्न भएको हो ।
उक्त प्रक्रियाका लागि माघ २४ र २५ गते एक कार्यशालामार्फत विद्यार्थीहरुलाई राज्यको संरचना, व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकाको काम, कर्तव्य र अधिकार क्षेत्र, संघिय शासन व्यवस्था, संविधान, कानुन, लगायत स्थानीय सरकार सञ्चालन प्रक्रियाबारे अवगत गराइएको स्कुलले जानकारी दिएको छ ।

यसैगरी, गत २८ र २९ गते नमुना सभाको आयोजना गरिएको नगर सभामार्फत मेयर, उपमेयर र सचिवको मतदानमार्फत निर्वाचित गराएसँगै विद्यार्थीलाई स्थानीय तहमा हुने कामका बारेमा समेत अवगत गराइएको थियो । जसमा विद्यार्थीहरुलाई नै आर्थिक समिति, विधान समिति, विकास समितिको व्यवस्था गरी नगर सभा सदस्यको रुपमा विभिन्न विधेयक निर्माण आवश्यक संशोधन तथा पास गर्ने जस्ता प्रक्रियाका बारेमा प्रयोगात्मक रुपमै अभ्यास गराइएको थियो ।
नगर सभालाई गत २९ गते नै विविध कार्यक्रमका बिच समापन गरिएको थियो । रिलायन्स शैक्षिक सञ्जालका कार्यकारी अध्यक्ष रविन्द्रजंग थापा सभाध्यक्ष रहेको समापन समारोहमा बागमती प्रदेश सभा सदस्य श्रीराम लामिछाने प्रमुख अतिथिका रुपमा थिए । यसैगरी, रिलायन्स शैक्षिक सञ्जालका कार्यकारी निर्देशक एवम् वरिष्ठ चार्टड अकाउण्टेण्ट राजु शिवाकोटी र बुढानिलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराई लगायत अतिथिका रुपमा उपस्थित थिए ।

कार्यक्रमा रिलायन्स पब्लिक स्कुलका प्रिन्सिपल बसन्तलाल लामिछानेले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । यसैगरी, प्रमुख अतिथि, विशिष्ट अतिथिहरुले विद्यार्थीहरुमा दिगो सिकाइका लागि विद्यालयले गरेको प्रयासको प्रशंसा गरे । कार्यक्रममा विभिन्न विषयगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र तथा मेडलमार्फत सम्मान गरिएको थियो ।

ताजा अपडेट
- एजुकेशन समाचारका सम्पादक तिमल्सिना सम्मानित
- रिलायन्सद्वारा २३ औँ ब्याचका विद्यार्थीलाई स्वागत २१ औँ ब्याचलाई बिदाइ कार्यक्रम सम्पन्न
- राजनीतिक दलमा आवद्ध शिक्षक कर्मचारीलाई कारवाही गर्ने मन्त्री पुनको चेतावनी
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी ग्रेडेड
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक हुँदैं
- युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतदेखि म्यानमारसम्मका प्रतिनिधि सहभागी
- स्नातक अध्ययनका लागि २ जनालाई ५ लाख ५० हजार छात्रवृत्ति दिने ‘हेल्प’को घोषणा
- शिक्षा मन्त्रालयद्वारा उपकुलपति र रजिष्ट्रारका लागि आवेदन खुला
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया