समाचार
विद्यालयका अंग्रेजी नाममाथि बालेनको एक्सनः अब नेपालीपन झल्कने नाम राख्नुपर्ने
काठमाडौं—काठमाडौं महानगरपालिकाका मेयर बाले शाहले निजी विद्यालयका अंग्रेजी नाममाथि एक्सन सुरु गरेका छन् । उनले काठमाडौं महानगरभित्रका निजी विद्यालयहरुमा नेपालीपन झल्किने नाम राख्नैपर्ने व्यवस्था लागु गरेका छन् ।
महानगरले बुधबार विद्यालय शिक्षा व्यवस्थापन नियमाली, २०७४ को व्यवस्था कार्यन्वयन गर्न सूचना जारी गरेको छ । यदि उक्त व्यवस्था कार्यन्वयन गर्न अटेर गरिएका कारवाही थाल्ने चेतावनी महानगरको छ ।
‘शिक्षा नियमावली, २०५९ (संशोधनसहित)को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था छ । महानगरपालिकाअन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरुको नाम, यो व्यवस्था प्रतिकूल देखिएकाले त्यस्ता विद्यालयहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस विभागमा अनिवार्य सम्पर्क गर्नुहुन सूचित गरिन्छ,’ महानगरको सूचनामा भनिएको छ ।
साथै महानगरले ७ दिनभित्र महानगरमा सम्पर्क राखेर मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउनेसहित कानुन बमोजिमको कारवाही गर्ने चेतावनीसमेत दिएको छ । ‘यस अवधिमा सम्पर्क गरी मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउनेसहित कानुन बमोजिमको कारवाही प्रक्रिया अगाडि बढाइनेछ,’ महानगरले भनेको छ, ‘विद्यालयको मौलिक नामाकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभागका निवेदन दिनुपर्नेछ ।’ उसले यसमा अटेरी गर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ ।
काठमाडौं महानगरमा ५०४ निजी विद्यालय छन् । जसमध्ये अधिकांश विद्यालयका नाम अंग्रेजी र विदेशीपन झल्काउने खालका छन् । नाममा ‘पब्लिक’ शब्द जोड्न विद्यालयले कम्तिमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा पढाउनुपर्ने, ‘नेशनल’ शब्द जोड्न कम्तिमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्ने र ‘इन्टरनेशनल’ शब्द जोड्न कम्तिमा एक तिहाइ विदेशी विद्यार्थी हुनुपर्ने प्रावधान छ ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया