कहिले आउला एसईईको नतिजा ? यसो भन्छन् बोर्डका परीक्षा नियन्त्रक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड(कक्षा १०) ले एसईई को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । बोर्डले आगामी शुक्रबारसम्म नतिजा प्रकाशन गर्ने गरी तयारी गरिरहेको परीक्षा नियन्त्रक नन्ददाल पौडेलले एजुकेशन समाचारलाई जानकारी दिए ।
यतिबेला नम्बर इन्ट्री र रुजुको काम भइरहेको पाडेलले बताए । ‘हामी शुक्रबारसम्म जसरी पनि नतिजा सार्वजनिक गर्ने तयारीमा छौँ,’ उनले भने, ‘अहिले माक्र्स इन्ट्री र रुजू गर्ने काम भइरहेको छ अब प्रोसेसिङ । बोर्डबाट स्वीकृत गरेपछि नतिजा प्रकाशन गर्छौँ ।’
एनजी लागू होला कि नहोला ?
एसईई परीक्षाको नतिजामा नन ग्रेडिङ (एनजी) लागू गर्ने कुरा विगतका वर्षहरुदेखि उठ्दै आएपछि बोर्डले यसलाई कार्यान्वयन भने गर्न सकेको छैन । यसपालीको नतिजामा एनजी लागू हुन्छ कि हुँदैन भन्ने एजुकेशन समाचारको प्रश्नमा पौडेल भन्छन्, ‘आजका दिनसम्म बोर्ड एनजी लागू गर्ने कुराबाट पछि हटेको छैन ।’
बढी विद्यार्थी अनुत्तीर्ण हुने हुँदा अनुत्तीर्ण दर बढ्ने भन्दै यसपाली पनि पुरानै पद्धतिबाट नतिजा सार्वजनिक हुने कुराहरु बाहिरिहेको अवस्थामा नियन्त्रक पौडेले भने यसपाली एनजी जसरी पनि लागू हुने दाबी गर्छन् । ‘बजारमा त विभिन्न कुराहरु आएका छन् तर यसपाली हामी नतिजा जस्तो हो त्यस्तै सार्वजनिक गर्छौँ,’ उनले भने, ‘यसपालीको नतिजाले नेपालको शिक्षाको यथार्थ चित्र सार्वजनिक हुन्छ ।’
ताजा अपडेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया