रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघको नवौं राष्ट्रिय सम्मेलन साउन ३१ गतेदेखि हुँदै

काठमाडौं । रिलायन्स पब्लिक स्कुलले ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्र संघ’को नवौं सम्मेलन गर्ने भएको छ । ‘जहाँ युवा मस्तिष्कहरु वार्ताका लागि भेला हुन्छन्’ भन्ने नाराका साथ आगामी साउन ३१ गतेदेखि सम्मेलन सुरु गर्न लागेको हो ।
भाद्र १ गतेसम्म चल्ने सम्मेलनमा देशभरबाट २ सय जनाभन्दा बढी विद्यार्थीले सहभागिता जनाउँदै छन् । विशेषगरी काठमाडौं उपत्यकालगायत रुपन्देही, चितवन, धनुषा, नवलपुर लगायतका विद्यार्थीहरु सम्मेलनका लागि आउने स्कुलले जनाएको छ । यो तीनदिने अवधिमा सम्पूर्ण मानव जनगत्का जल्दाबल्दा समस्याका बारेमा विद्यार्थीहरुले छलफल गरी आपसी समझदारी कायम गर्दै सुंकल्पहरु तयार पार्ने सम्मेलन निर्देशक दिलिप नेपालले जानकारी दिए ।
सम्मेलनमा नमुना संयुक्त राष्ट्र संघीय ६ वटा समिति डाइसेक, डब्लूएचओ, यूनोओसा, आइपीसी, यूएनएचआरसी लगायतको सहभागिता रहनेछ । त्यस्तै, संघीय संसद नेपाल र ऐतिहासिक विपत समितिले पनि सहभागिता जनाउने नेपालले जानकारी दिए । साथै, सम्मेलनलाई संयुक्त राष्ट्र संघ नेपालले रणनीतिक साझेदारका रुपमा लिई सहयोग गरिरहेको स्कुलले जनाएको छ ।
विद्यार्थीहरुमा कुटनीतिक क्षमताको अभिवृद्धि गरी विज्ञान र प्रविधिले दक्ष नागरिक निर्माणमा सम्मेलनले सहयोग गर्ने स्कुलको विश्वास छ । विद्यालय स्तरका ज्वलन्त समस्याहरुको पहिचान गरी त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बुझ्न र बुझाउन सन् २०१६ रिलायन्स पब्लिक नमुना राष्ट्रसंघ (आरपीमुन)को स्थापना भएको थियो । त्यसयता रिलायन्सले निरन्तर यो सम्मेलन गर्दै आएको छ ।
रिलायन्स ७ वर्षदेखि निरन्तर थाइमुनमा समेत सहभागि हुँदै आएको छ । थाइमुनबाट नै अभिप्रेरित भएर आरपीमुनको सुरुवात गरिएको रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाले बताए ।
कार्यक्रमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेटवर्कका अध्यक्ष थापाले नमुना संयुक्त राष्ट्र संघको राष्ट्रिय सम्मेलनलाई आगामी वर्ष अन्तराष्ट्रिय स्तरमा लैजाने बताए । ‘हामीले धेरै वर्ष विद्यालय भित्रै यो कार्यक्रम गर्यौं गत वर्षबाट राष्ट्रव्यापी सम्मेलन गर्न सफल भयौँ,’ उनले भने, ‘अब यो सम्मेलनमा अन्तर्राष्ट्रिय जगत्लाई पनि सहभागी गराउँछौँ ।’
नेपालबाट थाइमुनमा निरन्तर सहभागी हुने रिलायन्स स्कुलमात्र रहेको थापाको दाबी छ । ‘हामी निरन्तर थाइमुनमा सहभागी हुँदै आएका छौँ त्यसबाट सिक्दै हामीले पनि यो सम्मेलनमा गुणस्तरीयता बढाउँदै लगेका छौँ,’ उनी भन्दै थिए, ‘हामीलाई यो सम्मेलनका लागि संयुक्त राष्ट्र संघ नृेपालले पनि ठूलो सहयोग गरिरहेको छ ।’
रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्र संघको नवौं सम्मेलन तय गरेको संकल्प पत्रलाई स्कुलले न्यूज लेटरको रुपमा प्रकाशित गर्ने सम्मेलन निर्देशक नेपालले जानकारी दिए । साथै, उक्त संकल्प पत्रलाई संयुक्त राष्ट्र संघ नेपालमा पनि बुझाउने उनले बताए । ‘जसलाई संयुक्त राष्ट्र संघ नेपालले आफ्नो पुस्तकालयमा राख्नेछ,’ उनले भने ।
सम्मेलनको समापन समारोहमा संयुक्त राष्ट्र संघका लागि पूर्व आवाशीय दूत तथा कुटनीतिज्ञ मधुरमण आचार्यको प्रमुख आतिथ्यता र पत्रकार तथा विश्लेषक प्राध्यापक पुरुषोत्तम दाहालको विशिष्ट अतिथि रहने स्कुलले जनाएको छ । त्यस्तै, संयुक्त राष्ट्र संघ शान्ति तथा निशस्त्रीकरणका लागि एसिया तथा प्रशान्त क्षेत्रीय केन्द्रका निर्देशक दिपायन वशु रयको मूख्य भाषण रहने छ ।
ताजा अपडेट
- करारका शिक्षक कटौती नहुने
- ६५२ उत्तररपुस्तिका जेनजी आन्दोलनमा नष्ट भएपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
- सीटीईभीटीका १४ हजारभन्दा बढी उत्तरपुस्तिका जले, पुनः परीक्षा मंसिर ४ देखि
- एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया