हेल्पद्वारा स्नातकोत्तर अध्ययनका लागि २ जना विद्यार्थीलाई १ लाख ६० हजार बराबरको छात्रवृत्ति प्रदान
काठमाडौं । हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसीप (हेल्प)ले स्नातकोत्तर अध्ययनका लागि दुई जनालाई १ लाख ६० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ । हेल्पले बेलायतको मोण्डो फाउण्डेसनसँगको सहकार्यमा ललितपुरकी शर्मिला तामाङ र रोल्पाका योगेन्द्र अनुपम जिसीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
बिहिबार हेल्पको केन्द्रीय कार्यालय जोरापाटीमा आयोजित एक कार्यक्रममा तामाङ र जिसीलाई छात्रवृत्ति प्रदान गरिएको हो हेल्पका कार्यकारी निर्देशक जिमी लामाले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए । कार्यक्रममा मोण्डो फाउण्डेसनका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिईओ) मात्थ्यु ब्याण्डको उपस्थिति थियो ।

विगत लामो समयदेखि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दैै आएको हेल्पले यसवर्षबाट स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई पनि छात्रवृत्ति दिन सुरु गरेको लामाले बताए । ‘हामी लामो समयदेखि सामुदायिक शिक्षाको विकासमा काम गर्दै आएका छौँ,’ उनले भने, ‘कोही पनि विद्यार्थी आर्थिक अभावमा उच्च शिक्षाबाट बञ्चित हुनु नपरोस् भन्ने ध्येयले यस्ता छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेका हौँ ।’ पछिल्लो समय नेपालबाट विद्यालय तह अध्ययन पूरा गरिसकेपछि देश छोड्ने युवायुवतीहरुको लर्को लागेको प्रति लामाले दुःख व्यक्त गरे ।

कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने तामाङ र जिसीले आफ्नो पृष्ठभूमीबारे बताएका थिए । आर्थिक अवस्थाका कारण पूरा गर्न नपाएको स्नातकोत्तर अध्ययन गर्ने सपना हेल्पले पूरा गरिदिएकोमा धन्यवाद व्यक्त गरिन् । ‘मैले कक्षा ११ देखि नै विभिन्न छात्रवृत्तिमा अध्ययन गर्दै आएँ,’ उनले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएका कारण स्नातकोत्तर अध्ययन गर्ने सपना अधुरै थियो जसलाई आज हेल्पले पूरा गरिदिएको छ ।’ तामाङले एमबीए इन नन प्रोफिटमा स्नातकोत्तर अध्ययन गर्ने भएकी छन् ।
त्यस्तै, छात्रवृत्ति प्राप्त गर्ने अनुपम योगेन्द्र जिसीले आफूले यत्ति धेरै राशीको पुरस्कार पनि हुँदो रहेछ भन्ने थाहा पाएको बताए । ‘२०, ३० हजार रुपैयाँको छात्रवृत्ति त सुनेको थिएँ तर छात्रवृत्तिमा पनि यत्ति धेरै पैसा दिइन्छ भन्ने थाहा थिएन,’ रोल्पाका जिसीले आफ्नो अनुभव सुनाउँदै भने, ‘सुरुमा यो छात्रवृत्तिको बारेमा सुन्ने बित्तिकै यो त मेरै लागि खुलेको हो भन्ने लागेको थियो आखिर पाएँ ।’ जिसीले आफूले प्राप्त गरेको छात्रवृत्तिलाई सफलताले प्रमाणित गर्नेसमेत बताए । ‘मलाई जुन विश्वास गरेर हेल्पले छात्रवृत्ति दिएको छ म त्यो विश्वासलाई तोड्ने छैन मिहिनेत गरेर पढ्नेछु,’ उनले भने, ‘राम्रो अंक ल्याएर छात्रवृत्तिलाई सार्थक बनाउनेछु ।’ उनले काठमाडौं विश्वविद्यालयबाट अर्वान स्टडिजमा स्नातकोत्तर गर्दैछन् । भविष्यमा यही विषयमा पीएचडी गर्नेसमेत उनले बताए ।

कार्यक्रममा मोण्डो फाउण्डेशनका अध्यक्ष र सिईओले छात्रवृत्ति प्राप्त गर्ने दुवैजनालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

मोण्डो फाउण्डेसनलाई एन्थोन लन्चले २० वर्ष अघि स्थापना गरेका हुन् । एन्थोनी लामो समयदेखि नेपालमा स्वयम्सेवकको रुपमा काम गर्दै आएका थिए । उनले सुरुमा सिन्धुपाल्चोकको हेलम्बुबाट स्वयम्सेवाको माध्यमबाट विशेषगरी शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएका थिए । उनै एन्थोनीको गत वर्ष निधन भएसँगै परिवारले उनको सम्झनामा यो स्नातकोत्तर अध्ययनका लागि दुई जना विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको हेल्पका कार्यकारी लामाले जानकारी दिए । ‘एन्थोनी लन्चले नेपालमा थुप्रै सामाजिक कार्य गर्नुभएको छ,’ उनले भने, ‘धेरै वर्ष अघिबाट सिन्धुपाल्चोकको हेलम्बुबाट सेवा प्रारम्भ गर्नुभएको उहाँको गतवर्ष निधन भएको थियो उहाँकै सम्झनामा यो छात्रवृत्तिको स्थापना गरिएको हो ।’
यो पुरस्कार अब वर्षेनी दुईजनालाई प्रदान गरिने हेल्पले जनाएको छ । सन् २००९ सालमा स्थापित संस्था हेल्पले सुरुवाती वर्षदेखि नै आर्थिक रुपमा विपन्न, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । हेल्पले यसपाली पनि कक्षा ११ र १२ अध्ययनका लागि ७२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । हेल्पले यसवर्ष १२ जिल्लाका ७२ जना विद्यार्थीलाई छात्रवृत्ति दिएको हो । हेल्पले हालसम्म ६ सय ६५ जनाभन्दा बढी विद्यार्थीले यो छात्रवृत्ति प्राप्त गरिसकेका छन् ।

ताजा अपडेट
- त्रिविमा एकैचोटि सबै शीर्ष पदाधिकारीको राजीनामा
- कक्षा १२ को परीक्षा सुरु, आज अनिवार्य अंग्रेजी
- कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै
- बोर्डमा मन्त्रीको एक्सन: ४५ दिनभित्र कक्षा १२ नतिजा निकाल्न निर्देशन, नसके मार्गप्रशस्त गर्न चेतावनी
- व्यवसायी गोल्छा पक्राउ, पुल्चोक क्याम्पसको जग्गामा रहेको इम्बार्क कलेजको विवाद फेरि सतहमा
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
- प्रधानमन्त्री बालेन शाहद्वारा उपकुलपतिहरूसँग उच्च शिक्षा सुधारबारे छलफल
- तलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया