हेल्पद्वारा स्नातकोत्तर अध्ययनका लागि २ जना विद्यार्थीलाई १ लाख ६० हजार बराबरको छात्रवृत्ति प्रदान

काठमाडौं । हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसीप (हेल्प)ले स्नातकोत्तर अध्ययनका लागि दुई जनालाई १ लाख ६० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ । हेल्पले बेलायतको मोण्डो फाउण्डेसनसँगको सहकार्यमा ललितपुरकी शर्मिला तामाङ र रोल्पाका योगेन्द्र अनुपम जिसीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
बिहिबार हेल्पको केन्द्रीय कार्यालय जोरापाटीमा आयोजित एक कार्यक्रममा तामाङ र जिसीलाई छात्रवृत्ति प्रदान गरिएको हो हेल्पका कार्यकारी निर्देशक जिमी लामाले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए । कार्यक्रममा मोण्डो फाउण्डेसनका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिईओ) मात्थ्यु ब्याण्डको उपस्थिति थियो ।
विगत लामो समयदेखि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दैै आएको हेल्पले यसवर्षबाट स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई पनि छात्रवृत्ति दिन सुरु गरेको लामाले बताए । ‘हामी लामो समयदेखि सामुदायिक शिक्षाको विकासमा काम गर्दै आएका छौँ,’ उनले भने, ‘कोही पनि विद्यार्थी आर्थिक अभावमा उच्च शिक्षाबाट बञ्चित हुनु नपरोस् भन्ने ध्येयले यस्ता छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेका हौँ ।’ पछिल्लो समय नेपालबाट विद्यालय तह अध्ययन पूरा गरिसकेपछि देश छोड्ने युवायुवतीहरुको लर्को लागेको प्रति लामाले दुःख व्यक्त गरे ।
कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने तामाङ र जिसीले आफ्नो पृष्ठभूमीबारे बताएका थिए । आर्थिक अवस्थाका कारण पूरा गर्न नपाएको स्नातकोत्तर अध्ययन गर्ने सपना हेल्पले पूरा गरिदिएकोमा धन्यवाद व्यक्त गरिन् । ‘मैले कक्षा ११ देखि नै विभिन्न छात्रवृत्तिमा अध्ययन गर्दै आएँ,’ उनले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएका कारण स्नातकोत्तर अध्ययन गर्ने सपना अधुरै थियो जसलाई आज हेल्पले पूरा गरिदिएको छ ।’ तामाङले एमबीए इन नन प्रोफिटमा स्नातकोत्तर अध्ययन गर्ने भएकी छन् ।
त्यस्तै, छात्रवृत्ति प्राप्त गर्ने अनुपम योगेन्द्र जिसीले आफूले यत्ति धेरै राशीको पुरस्कार पनि हुँदो रहेछ भन्ने थाहा पाएको बताए । ‘२०, ३० हजार रुपैयाँको छात्रवृत्ति त सुनेको थिएँ तर छात्रवृत्तिमा पनि यत्ति धेरै पैसा दिइन्छ भन्ने थाहा थिएन,’ रोल्पाका जिसीले आफ्नो अनुभव सुनाउँदै भने, ‘सुरुमा यो छात्रवृत्तिको बारेमा सुन्ने बित्तिकै यो त मेरै लागि खुलेको हो भन्ने लागेको थियो आखिर पाएँ ।’ जिसीले आफूले प्राप्त गरेको छात्रवृत्तिलाई सफलताले प्रमाणित गर्नेसमेत बताए । ‘मलाई जुन विश्वास गरेर हेल्पले छात्रवृत्ति दिएको छ म त्यो विश्वासलाई तोड्ने छैन मिहिनेत गरेर पढ्नेछु,’ उनले भने, ‘राम्रो अंक ल्याएर छात्रवृत्तिलाई सार्थक बनाउनेछु ।’ उनले काठमाडौं विश्वविद्यालयबाट अर्वान स्टडिजमा स्नातकोत्तर गर्दैछन् । भविष्यमा यही विषयमा पीएचडी गर्नेसमेत उनले बताए ।
कार्यक्रममा मोण्डो फाउण्डेशनका अध्यक्ष र सिईओले छात्रवृत्ति प्राप्त गर्ने दुवैजनालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
मोण्डो फाउण्डेसनलाई एन्थोन लन्चले २० वर्ष अघि स्थापना गरेका हुन् । एन्थोनी लामो समयदेखि नेपालमा स्वयम्सेवकको रुपमा काम गर्दै आएका थिए । उनले सुरुमा सिन्धुपाल्चोकको हेलम्बुबाट स्वयम्सेवाको माध्यमबाट विशेषगरी शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएका थिए । उनै एन्थोनीको गत वर्ष निधन भएसँगै परिवारले उनको सम्झनामा यो स्नातकोत्तर अध्ययनका लागि दुई जना विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको हेल्पका कार्यकारी लामाले जानकारी दिए । ‘एन्थोनी लन्चले नेपालमा थुप्रै सामाजिक कार्य गर्नुभएको छ,’ उनले भने, ‘धेरै वर्ष अघिबाट सिन्धुपाल्चोकको हेलम्बुबाट सेवा प्रारम्भ गर्नुभएको उहाँको गतवर्ष निधन भएको थियो उहाँकै सम्झनामा यो छात्रवृत्तिको स्थापना गरिएको हो ।’
यो पुरस्कार अब वर्षेनी दुईजनालाई प्रदान गरिने हेल्पले जनाएको छ । सन् २००९ सालमा स्थापित संस्था हेल्पले सुरुवाती वर्षदेखि नै आर्थिक रुपमा विपन्न, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । हेल्पले यसपाली पनि कक्षा ११ र १२ अध्ययनका लागि ७२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । हेल्पले यसवर्ष १२ जिल्लाका ७२ जना विद्यार्थीलाई छात्रवृत्ति दिएको हो । हेल्पले हालसम्म ६ सय ६५ जनाभन्दा बढी विद्यार्थीले यो छात्रवृत्ति प्राप्त गरिसकेका छन् ।
ताजा अपडेट
- प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
- राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त, नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री
- लाहुरेको रेलिमाईलाई दुई लाख रुपैयाँको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता नगरी ‘ओए’ कार्यक्रम नै बन्द गर्ने निर्णयमा तिलगंगा
- इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- बजेटमा शिक्षाः २ खर्ब ११ अर्ब १७ करोड बजेट, यस्ता छन् शिक्षाका कार्यक्रम (पूर्णपाठसहित)
- शिक्षा मन्त्रालयको बजेट २ खर्ब ११ अर्ब १७ करोड
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
तपाईको प्रतिक्रिया