बालाजुस्थित शितला मा.विमा वादविवाद प्रतियोगिता सम्पन्न
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजुस्थित शितला माध्यमिक विद्यालयमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । हिजो शनिबार लायन्स क्लब अफ लायन्स बालाजु हाइट, डिवेट नेटवर्क नेपालको सहकार्यमा विद्यालयले वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा शितला माविसहित सिद्धिगणेश माध्यमिक विद्यालय, तरुण माध्यमिक विद्यालय, ज्ञानमन्दिर माध्यमिक विद्यालय, गोरखकाली अंग्रेजी माध्यमिक विद्यालय, सृजना ज्ञानसागर माध्यमिक विद्यालय, विभुति माध्यमिक विद्यालय, सुनौलो क्षितिज माध्यमिक विद्यालय, काठमाडौ भ्याली माध्यमिक विद्यालय, स्याक्रेड हार्ट माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
लायन्स क्लव अफ बालाजुहाइट काठमाडौंका अध्यक्ष शालिगराम पौडेलको सभापतित्वमा सम्पन्न सो प्रतियोगितामा तरुण मा.वि.का प्रतियोगी प्रथम र ज्ञानसागर मा.वि.का प्रतियोगी विद्यार्थी द्धितीय भएका थिए ।
विजेता टिमहरुलाइ शितला माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठ, लायन्स क्लव अफ बालाजु हाइटका अध्यक्ष शालिगराम पौडेल र डिवेट नेटओर्क नेपालका अध्यक्ष सशांक जोशीले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । सो कार्यक्रममा सहभागि १२ वटै विद्यालयहरुलाई सभागिताका लागि धन्यवाद व्यक्त गर्दै विद्यालय तथा विद्यार्थीहरुलाई प्रसंशा पत्र प्रदान गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक श्रेष्ठले समापन समारोहमा शितला मा.वि. नियमित पठनपाठनका अलावा अतिरिक्त तथा सहकृयाकलापका लागि उचित गन्तव्यका रुपमा विकास हुदै गएको र यसका लागि स्थानीय अभिभावक, कम्युनिटी वेस्ट अर्गनाइजेसन, विभिन्न संघ संस्था, सरोकारवालाहरु, नीजि विद्यालयहरु, सामुदायिक विद्यालयहरु तथा महानगरपालिकाको सकृय सहयोग पाएको बताए ।
ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया