आजबाट एसईई परीक्षा सुरु, पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी
काठमाडौं । आजबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) द्वारा सञ्चालित यसवर्षको एसईई सुरु भएको हो ।
आज पहिलो दिन देशभर अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । यो वर्षको एसईईमा पाँच लाख १४ हजारभन्दा बढी विद्यार्थी सहभागी भइरहेका छन् ।
अधिकांशले नेपालबाटै परीक्षा दिँदै छन्। नेपाल बाहिरबाट एसईईको परीक्षामा सहभागी हुने देश जापान मात्रै रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।
टोकियो नजिकै जापानको ओगिकुबोमा गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टसहितका ६५ जना नेपालीहरू मिलेर स्थापना गरेको एभरेस्ट इन्टरनेशनल स्कुलमा विसं २०७७ सालबाट एसईई परीक्षा सञ्चालन भइरहेको छ।
परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया