समाचार
राष्ट्रिय परीक्षा बोर्डले भन्यो, ‘कक्षा १२ को परीक्षा सरेको छैन’
काठमाडौंं—राष्ट्रिय परीक्षा बोर्डले ११ बैशाखबाट सुरु हुने कक्षा १२ को वार्षिक परीक्षा नसरेको जनाएको छ । शुक्रबार बोर्डले विज्ञप्ती जारी गर्दै परीक्षा स्थगित भएको भ्रामक सूचनाका पछि नलाग्न समेत आग्रह गरेको छ ।
‘राष्ट्रिय परीक्षा बोर्डद्वारा यही २०८२ साल बैशाख ११ गतेबाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा सम्प्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा छ ।
बोर्डले परीक्षा सम्बन्धि आधिकारिक सूचना बोर्डले आफ्नो बेवसाइट www.neb.gov.np मार्फत सार्वजनिक गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सोही मार्फत सूचना प्रवाह हुने जनाएको छ । ‘अन्य स्रोतबाट प्रवाह हुने सूचनामा भर नपर्ने समस्त सरोरकारवालालाई बोर्ड हार्दिक अनुरोध गर्दछ,’ बोर्डले भनेको छ ।
परीक्षाजस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यान हस्ताक्षर राखेर अनधिकृत र भ्रामक सूचना सम्प्रेष्ण गर्ने उपर साइबर कानुनअनुसार आवश्यक कारवाहीका लागि बोर्ड प्रक्रियासमेत अगाडि बढाएको छ । उसले परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन विद्यार्थीहरुलाई आव्हान गरेको छ ।

ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया