२४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई परिषद्को निर्देशन
काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले २४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौंमा आउन विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ । मंगलबार परिषद्ले एक विज्ञप्ति जारी गर्दै २४ घण्टा भित्र विद्यालयको चाबी बोकेर काठमाडौं आउने निर्देशन दिएको हो ।
‘आन्दोलन जारी भइरहेको समय सन्दर्भमा विद्यालय कर्मचारीलाई बिद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आयको हुँदा जारी प्रेस विज्ञप्ति मार्फत सूचना प्राप्त भएको २४ घण्टामा चाबी लिएर काठमाडौं जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
साथै, शैक्षिक हडताल भइरहेको समयमा शिक्षा क्षेत्रको अग्रगामी परिवर्तनका लागि कर्मचारीको हक अधिकार स्थापित गर्ने परिवर्तनगामी महान यात्रामा छुट्ने अधिकार कसैलाई पनि नभएको परिषद्को विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया