साइपल एकेडेमीका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष निष्काशन, विद्यार्थीको सबै विषयको परीक्षा रद्द
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले सुकेधारास्थित साइपाल एकेडेमीका प्रिन्सिपल गणेश जोशी र सहायक प्रिन्सिपल संज्ञा खतिवडालाई केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षको जिम्मेवारीबाट निष्काशन गरेको छ । एकेडेमीका प्रिन्सिपलसमेत रहेका जोशी र सहायक प्रिन्सिपल रहेकी खतिवडालाई बोर्डले केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षबाट हटाएर अर्को केन्द्राध्यक्ष तोकेको हो ।
बिहिबार भएको कक्षा १२ ‘होटल म्यानेजमेन्ट’ विषयको परीक्षामा प्रश्नपत्र समय अगावै बाहिरिएको उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको थियो ।
विद्यार्थीलाई परीक्षा हलमा मोबाइल, स्मार्ट घडी लगायतका इलेक्ट्रोनिक डिभाइस लैजान प्रोत्साहन गरी प्रश्नपत्र समय अगावै पठाएको भेटिएपछि यतिबेला केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षमाथि प्रहरीको नियन्त्रणमा छन् । परीक्षा हलमा मोबाइल फेला परेका विद्यार्थीहरुको भने सबै परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया