बालेनकै शिक्षा सल्लाहकारले नै दिइन् राजीनामा, यस्तो रहेछ कारण
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले चालेका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् । शैक्षिक मेला, चलचित्र हल बन्द गराउने लगायतका बालेन शाहको गतिविधिप्रति असन्तुष्टि जनाउँदै सल्लाहकार अर्यालले राजीनामा दिएकी छन् ।
अर्यालले सामाजिक सञ्जालमा मेयर बालेन्द्र शाह (बालेन) को पछिल्ला गतिविधिबाट आफू सन्तुष्ट हुन नसकेको बताउँदै राजीनामा दिएकी हुन् । यद्यपि, कुन कुन विषयमा असहमति हो भन्ने बारे भने उनले केही खुलाएकी छैनन् ।
‘१० महिनाअघि काठमाडौंका मेयरको सल्लाहकारको रूपमा आबद्ध भएँ र काठमाडौंको युवा नेतृत्वलाई सुधारका लक्ष्यहरू प्राप्त गर्न सक्षम बनाउन स्वयंसेवकको हैसियतमा सक्दो सेवा गरेँ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘यद्यपि, मेयरको हालैका केही कार्य, निर्णय लिने दृष्टिकोण र उहाँको प्रत्यक्ष निर्देशनमा गरिएका निर्णयहरू मेरो मूल्यमान्यताको विरुद्धमा भएकाले मैले राजीनामा दिएको छु ।’
बालेनले केही दिन अघि दक्षिण भारतीय चलचित्र आदिपुरुषले विवादित अंश नहटाएको भन्दै महानगरभित्रका चलचित्र हलमा हिन्दी फिल्म प्रदर्शन बन्द गराएका थिए । त्यस्तै, हिसानले गरेको शैक्षिक मेलालाई पनि बालेनले रोक लगाएपछि रुष्ट बनेकी रेशुले अन्ततः राजीनामा दिएकी हुन् ।
यसैगरी, बालेनले लोकतान्त्रिक चरित्रलाई आत्मसाथ नगरेको उनको आरोप छ ।
यता बालेनले भने काठमाडौंको शैक्षिक सुधारका लागि परिणाममुखी काम गर्दै आएका छन् । महानगरभित्रका संस्थागत विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीका लागि १० प्रतिशत छात्रवृत्तिमा कडाई गरेका बालेनकै कारण १३ हजार विद्यार्थी लाभांन्वित भएका छन् । उसो त छात्रवृत्ति विवरण नबुझाउने ३९ वटा विद्यालयलाई महानगरले १ लाख रुपैयाँ जरिवानासमेत तोकेको छ ।
काठमाडौं महानगरपालिका भित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ वटाले छात्रवृत्ति विवरण बुझाइसकेका छन् । यदि बाँकी विद्यालयले छात्रवृत्ति विवरण नबुझाए अनुमति वा स्वीकृतीसमेत रद्ध गर्ने चेतावनी महानगरले दिइसकेको छ ।
यसरी विद्यार्थी केन्द्रीत शैक्षिक निर्णय गर्दै आएका बालेनविरुद्ध किन रुष्ट बनिन् त अर्याल ? पक्कै पनि अर्यालले यसबारे आफ्नो धारणा सार्वजनिक गर्लिन् नै ।
को हुन् रेशु अर्याल ?
सार्वजनिक शिक्षाको सुधारमा लागेकी एक अभियन्ता हुन् । उनी टिच फर नेपालकी पूर्व अध्यक्ष समेत हुन् । उनले झण्डै ५ वर्ष टिच फर नेपाललाई हाँकेकी थिइन् ।
उनलाई गत वर्ष भदौमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा सल्लाहकारका रुपमा नियुक्त गरेका थिए ।
अर्यालले सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एडुकेसनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन् । त्यस्तै, २०१७ मा शिक्षा क्षेत्रमा योगदान गरेबापत उनलाई सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनले प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत गरेको थियो ।
अर्याल नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक भास्कर ढुंगानाकी श्रीमतीसमेत हुन् । महानगरले हिन्दी फिल्म प्रदर्शन रोक्ने कदमविरुद्ध भास्कर अदालत जाने तयारीमा छन् । श्रीमान महानगरविरुद्ध अदालत जाने, अनि श्रीमती मेयरको सल्लाहकार रहिरहने कुरा व्यवहारिक रुपमा सम्भव नभएपछि रेशुले राजीनामा दिएको महानगरका एक कर्मचारी बताउँछन् ।
ताजा अपडेट
- मध्यपश्चिममा गौतम र पूर्वाञ्चल विश्वविद्यालयमा थपलिया उपकुलपतिमा नियुक्त
- गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
- कक्षा १२ को परीक्षा आजदेखि सुरु, ३ लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी
- त्रिविका प्रमुख कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश
- राजनीतिमा लागेका शिक्षकमाथि होला त कारबाही ?
- विश्वविद्यालयबाट निस्किँदा विद्यार्थीहरू सक्षम र चरित्रवान भएर निस्किनुपर्छ : प्रधानमन्त्री
- पहिलोपटक र्याण्डम विधिबाट तोकियो कक्षा १२ को परीक्षा केन्द्र, कसको सेन्टर कहाँ ? (सूचिसहित)
- काठमाडौं पूर्वी भेगकै उत्कृष्ट मन्टेश्वरी ‘किड्स वर्ल्ड किन्डरगार्टेन’को वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- चैत १५ गतेबाट एसईई परीक्षा गर्ने बोर्डको निर्णय, पहिलो दिन अंग्रेजी
- एसईई परीक्षा रद्द हुँदा के हुन्छ ? राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले यसो भने
- काठमाडौं पूर्वी भेगकै उत्कृष्ट मन्टेश्वरी ‘किड्स वर्ल्ड किन्डरगार्टेन’को वार्षिकोत्सव सम्पन्न
- NSL Nepal Open International Pickleball Tournament 2024: A Success Story
- सेन्ट लरेन्सलाई ‘कलेज अफ दि इयर’ एवार्ड
- आफ्ना दर्जन कवितासँगै गुञ्जिइन् जयन्ती ‘स्पन्दन’
- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त, यस्तो छ उनको पृष्ठभूमी
- कस्तो हुनुपर्छ जनप्रतिनिधि ?
तपाईको प्रतिक्रिया