Techie IT
  • शुक्रबार, असार १३, २०८२ / Friday, June 27, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारकहिले आउला एसईईको नतिजा ? यस्तो छ बोर्डको तयारी

कहिले आउला एसईईको नतिजा ? यस्तो छ बोर्डको तयारी


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को नतिजा प्रकाशनको अन्तिम तयारीमा जुटेको छ । असारको तेस्रो हप्ता नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का निमित्त परीक्षा नियन्त्रक गणेश भट्टराईले जानकारी दिए ।

‘हामी नतिजाको तयारीमा छौँ,’ नियन्त्रक भट्टराई भन्छन्, ‘पूर्वनिर्धारित समयमा विविध कारणले नतिजा प्रकाशित गर्न सकिएन अब तेस्रो हप्तासम्म नतिजा प्रकाशन गरिसक्छौँ ।’

बोर्डले आफ्नो वार्षिक कार्यतालिकामा असार ७ गते एसईईको नतिजा सार्वजनिक गर्ने उल्लेख गरेको थियो । ‘हामीले असार ७ गते नै नतिजा सार्वजनिक गर्ने तयारी गरेका थियौँ,’ नतिजा प्रकाशनमा ढिलो हुनुको कारण देखाउँदै भट्टराई भन्छन्, ‘चैतमा भएको शिक्षकहरुको झण्डै एक महिनाको आन्दोलनले उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भयो त्यसकारण सोचेको समयमा नतिजा प्रकाशन गर्न सकिएन ।’

तैपनि ढिलोमा असारको तेस्रो साता नतिजा प्रकाशन गरिसक्ने उनको भनाई छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको