कहिले आउला एसईईको नतिजा ? यस्तो छ बोर्डको तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को नतिजा प्रकाशनको अन्तिम तयारीमा जुटेको छ । असारको तेस्रो हप्ता नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का निमित्त परीक्षा नियन्त्रक गणेश भट्टराईले जानकारी दिए ।
‘हामी नतिजाको तयारीमा छौँ,’ नियन्त्रक भट्टराई भन्छन्, ‘पूर्वनिर्धारित समयमा विविध कारणले नतिजा प्रकाशित गर्न सकिएन अब तेस्रो हप्तासम्म नतिजा प्रकाशन गरिसक्छौँ ।’
बोर्डले आफ्नो वार्षिक कार्यतालिकामा असार ७ गते एसईईको नतिजा सार्वजनिक गर्ने उल्लेख गरेको थियो । ‘हामीले असार ७ गते नै नतिजा सार्वजनिक गर्ने तयारी गरेका थियौँ,’ नतिजा प्रकाशनमा ढिलो हुनुको कारण देखाउँदै भट्टराई भन्छन्, ‘चैतमा भएको शिक्षकहरुको झण्डै एक महिनाको आन्दोलनले उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भयो त्यसकारण सोचेको समयमा नतिजा प्रकाशन गर्न सकिएन ।’
तैपनि ढिलोमा असारको तेस्रो साता नतिजा प्रकाशन गरिसक्ने उनको भनाई छ ।
ताजा अपडेट
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
- चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. देवेन्द्र खत्री नियुक्त
- प्रधानाध्यापक नियुक्तिदेखि हटाउनेसम्मको अधिकार अब स्थानीय तहलाई
- एसईई ग्रेड वृद्धी परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण
- भोलि मंगलबार एसईई ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी
- सशस्त्र प्रहरीको स्कुलमै करोडौं हिनामिना !
- सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति, खुला प्रतिस्पर्धाबाट प्रधानमन्त्री शाहद्वारा नियुक्ति
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय










तपाईको प्रतिक्रिया