काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं – काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ । महानगरले बुधबार एक सूचना जारी गर्दै कक्षा ११ र १२ अध्ययनका लागि परीक्षा प्रणालीबाट दिइने छात्रवृत्तिका लागि अनलाइन आवेदन माग गरेको हो ।
महानगरले विगत केही वर्षयता परीक्षाप्रणालीमार्फत छात्रवृत्ति प्रदान गर्दै आएको छ । महानगर शिक्षा विभागका अनुसार महानगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुले कुल विद्यार्थी भर्ना भएका मध्ये १० प्रतिशतलाई निःशुल्क छात्रवृत्तिमा अध्ययन गराउनुपर्ने छ । त्यसैका लागि महानगरले आवेदन माग गरेको हो ।
विद्यार्थीहरुले असार २७ गतेसम्म महानगरको वेवसाइटमार्फत अनलाइन आवेदन सक्नेछन् । आवेदनका लागि कुनै दस्तुर तिर्नु नपर्ने शिक्षा विभागले जनाएको छ । परीक्षा भने् साउन ३ गते हुने महानगरको सूचनामा उल्लेख छ । जसका लागि विद्यार्थीले असार ३० गते नै प्रवेश पत्र संकलन गर्न सक्छन् ।
कस्ता विद्यार्थीले दिन सक्छन् आवेदन ?
महानगरका अनुसार महानगरको छात्रवृत्तिमा आवेदन दिनका लागि एसईईमा न्युनतम १.६ जीपीए ल्याएको हुनुपर्दछ । त्यस्तै, सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई उत्तीर्ण गरेका विद्यार्थीले मात्र फारम भर्न सक्नेछन् । यदि काठमाडौं महानगरपालिका स्थायी बासिन्दाको हकमा भने जन्मदर्ता वा नागरिकता वा बसाईसराईको प्रमाणपत्र आवश्यक पर्दछ ।
त्यस्तै, ल्याण्डफिल्ड साइडबाट प्रत्यक्ष प्रभावित क्षेत्र नुवाकोट जिल्ला ककनी गाउँपालिकाको वडा नं १,२,३ र धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नम्बर १,३,४ का स्थायी बासिन्दा (नागरिकता वा जन्मदर्ता) र सम्बन्धित वडाको सिफारिसपत्रका आधारमा आवेदन दिन सक्नेछन् ।
त्यस्तै, संस्थागत विद्यालयमा कक्षा १० सम्म छात्रवृत्तिमा अध्ययन गरेको विद्यार्थीले पनि महानगरको छात्रवृत्तिका लागि फारम भर्न सक्छन् ।
ताजा अपडेट
- करारका शिक्षक कटौती नहुने
- ६५२ उत्तररपुस्तिका जेनजी आन्दोलनमा नष्ट भएपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
- सीटीईभीटीका १४ हजारभन्दा बढी उत्तरपुस्तिका जले, पुनः परीक्षा मंसिर ४ देखि
- एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया