रिलायन्स पब्लिक स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान
काठमाडौं । कपन विवेकचोकस्थित रिलायन्स पब्लिक स्कुलले २०८१ सालमा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कुलले मंगलबार एक भव्य समारोहकाबीच एसईई उत्तीर्ण ११ औँ ब्याचका विद्यार्थी र अभिभावकहरुलाई सम्मान गरेको हो ।
रिलायन्सबाट गत वर्ष ५२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये २ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका थिए । भने, अन्य विद्यार्थीले पनि उत्कृष्ट जीपीएका साथ एसईई उत्तीर्ण गरेको विद्यालयले जनाएको छ ।
विद्यार्थी सम्मान कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका एसोसिएट डीन हेमराज काफ्ले प्रमुख अतिथिका रुपमा उपस्थित थिए । उनले विद्यार्थीहरुलाई शिक्षामात्र होइन सकारात्मक सोचको निर्माण, अनुशासन र सम्भावनाको खोजी गर्न सिकाउनुपर्ने बताए । ‘आजका विद्यार्थीलाई किताबी ज्ञानलेमात्र पुग्दैन उनीहरुमा भविष्यबारे सोच्ने, अनुशासित बनाउने र सम्भावना खोज्ने शिक्षाको खाँचो छ,’ उनले भने, ‘पक्कै पनि त्यो शिक्षा रिलायन्सले दिएको छ भन्नेमा म ढुक्क छु ।’
बुढानिलकण्ठ नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराईले रिलायन्सले उत्कृष्ट नतिजा हासिल गरेकोमा बधाई तथा शुभकामना दिए । ‘रिलायन्सले बुढानिलकण्ठमा आफ्नो बेग्लै शैक्षिक पहिचान बनाएको छ जो हाम्रा लागि गौरवको विषय हो,’ कार्यक्रमको विशेष अतिथिसमेत रहेका भट्टराईले भने, ‘आफ्नो नेटवर्कभित्रका सबै विद्यालयमा रिलायन्सले प्राप्त गरेको नतिजा अनुकरणीय र प्रशंसनीय छ ।’
कार्यक्रममा रिलायन्स एजुकेशन नेटवर्ककका अध्यक्ष रवीन्द्रजंग थापाको अध्यक्षता रहेको थियो । उनले कार्यक्रममा उपस्थित विद्यार्थीे तथा अभिभावकहरुलाई बधाई दिँदै अबका शैक्षिक गन्तव्य पनि सही रुपमा छनोट गर्न सुझाव दिए । साथै, रिलायन्सका सबै नेटवर्कले आफ्नो रुटिनमा रहेर काम गरेकाले यस्तो नतिजा आएको उनको भनाइ थियो ।
कार्यक्रममा स्कुलका प्रिन्सिपल बसन्तलाल लामिछानेले स्वागत मन्तव्यमार्फत कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै उनले विद्यार्थी, अभिभावक, शिक्षक र व्यवस्थापनको संयुक्त प्रयासबाट रिलायन्स पब्लिकले राम्रो नतिजा ल्याउन सम्भव भएको बताए ।
त्यस्तै, एसईई उत्तीर्ण जेनिशा ढकालले विद्यार्थीहरुको तर्फबाट धन्यवाद मन्तव्य दिएकी थिइन् । ढकालले एसईईमा ४ जीपीए प्राप्त गरेकी थिइन् ।
यसैगरी, अभिभावकको तर्फबाट भूमीदत्त पौडेलले विद्यालयलाई धन्यवाद दिएका थिए । ‘मैले जुन विश्वास र भरोसा गरेर मेरो छोरोलाई रिलायन्समा भर्ना गरेको थिएँ आज त्यो रिलायन्सले त्यो विश्वासलाई कायम गरेको छ,’ उनले भने ।
कार्यक्रममा रिलायन्स नेटवर्ककका निर्देशक एवम् चार्टर अकाउन्टेन्ट राजुकुमार सिवाकोटीले एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै आगामी शैक्षिक सफलताको शुभकामना समेत व्यक्त गरे । साथै, एसईई उत्तीर्ण विद्यार्थीहरुको उमेर संक्रमणकालिन अवस्थामा रहेकाले सजग हुन आग्रह गरे । ‘कक्षा १० सम्म हामीले किताब पढ्यौँ अब कक्षा ११ पछि चाहिँ जीवन पढ्ने हो बुझ्ने हो त्यसैले संयमित भएर आफ्नो जीवनलाई अघि बढाउनुहोला,’ सिवाकोटीले भने ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए ।
ताजा अपडेट
- त्रिविमा एकैचोटि सबै शीर्ष पदाधिकारीको राजीनामा
- कक्षा १२ को परीक्षा सुरु, आज अनिवार्य अंग्रेजी
- कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै
- बोर्डमा मन्त्रीको एक्सन: ४५ दिनभित्र कक्षा १२ नतिजा निकाल्न निर्देशन, नसके मार्गप्रशस्त गर्न चेतावनी
- व्यवसायी गोल्छा पक्राउ, पुल्चोक क्याम्पसको जग्गामा रहेको इम्बार्क कलेजको विवाद फेरि सतहमा
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
- प्रधानमन्त्री बालेन शाहद्वारा उपकुलपतिहरूसँग उच्च शिक्षा सुधारबारे छलफल
- तलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया