अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकमाथि त्रिविको डण्डा, झण्डै २ अर्ब निवृत्तिभरण कोषमा जम्मा हुँदै
काठमाडौं – अध्ययन बिदालाई दुरुपयोग गर्ने प्राध्यापक तथा कर्मचारीहरुलाई त्रिभुवन विश्वविद्यालय (त्रिविले डण्डा चलाएको छ । त्रिविले विदाको दुरुपयोग गर्ने शिक्षक तथा कर्मचारीबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने भएको छ ।
अध्ययन बिदाको दुरुपयोग गर्ने कर्मचारीहरुबाट झण्डै २ अर्बको हाराहारीमा रकम उठ्ने त्रिविको अनुमान छ । त्रिविले आर्थिक वर्ष २०८२/८३ को बजेटमा उक्त रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने जनाएको छ । त्रिवि मातहतका विभिन्न निकायबाट उच्च शिक्षा अध्ययन बिदा उपयोग गरी विश्वविद्यालयमा नफर्केका, बिदा उपयोग गरी तोकिएको उपाधि हासिल नगरेका शिक्षक तथा कर्मचारीबाट असुल उपर हुने रकम निवृत्तिभरण कोष वृद्धिको स्रोतका रूपमा राखिएको त्रिविका रजिस्ट्रार केदारप्रसाद रिजालले जानकारी दिए ।
झण्डै ४ सय प्राध्यापकहरुले अध्ययन बिदाका नाममा दूरुपयोग गरेपनि त्रिविले यस्तो निर्णय गरेको हो । ‘अध्ययन बिदा लिएर विदेश जाने र उतै लुक्ने, कोहीले अध्ययन नै पूरा नगरी फर्किने गरेको पाइएपछि त्रिविले छानबिन समिति बनाएको थियो,’ उनले भने ।
‘अध्ययन बिदा दुरुपयोग गरी सम्पर्कमा नआएका वा लक्षित डिग्री हासिल नगरेका व्यक्तिको छानबिन तथा खोजी गर्न गठित समितीको प्रतिवेदन अनुसार कार्यान्वयन सुरु भइसकेको छ । यसबाट विश्वविद्यालयमा आर्थिक अनुशासन कायम हुनुका साथै आर्थिक स्रोत समेत बढ्न जानेछ,’ रजिस्ट्रार रिजालले भने ।
ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया