नर्सिङ अध्ययन गर्न चाहनेलाई गोकर्णेश्वर नगरपालिकाले ५० प्रतिशत छात्रवृत्ति दिने
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले पीसीएल नर्सिङ अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति दिने भएको छ । नगर छोरी नर्सिङ शिक्षा कार्यक्रम अन्तर्गत नगरपालिकाले पीसीएल नर्सिङ अध्ययन गर्न चाहने छोरीहरुलाई ५० प्रतिशत छात्रवृत्तिको घोषणा गरेको हो ।
गोकर्णेश्वरले गत वर्ष पनि नर्सिङ अध्ययनका लागि ११ जनालाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको थियो । नगरपालिकाले आफ्नो नगरमा स्थायी बसोबास गर्दै आएकाहरुलाईमात्र यो सुविधा दिएको नगर प्रमुख दीपक रिसालले जानकारी दिए । ‘हामीले नगरभित्र स्थायी रुपमा बसोबास गरी यहाँको मतदाताका छोराछारीका लागि मात्र यो सुविधा दिएका छौँ,’ उनले भने, ‘गत वर्ष छोरीलाई नर्सिङ अध्यापन गराउनका लागि कतिपय बाबुआमाले बसाईँसराई समेत गरेर आउनुभएको छ ।’
छोरीहरुलाई आत्मनिर्भर बनाउनका लागि नगरले नर्सिङ अध्ययनमा छात्रवृत्ति प्रदान गर्ने गरेको उनको भनाई छ । ‘छोरीलाई आत्मनिर्भर बनाउने उद्देश्यले हामीले यो कार्यक्रम अघि बढाएका छौँ,’ उनले भने, ‘यो कार्यक्रमबाट हामीले गर्व गर्न लायक नर्सिङ जनशक्ति उत्पादन हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’
यसवर्षबाट सीटीइभीटीले सबै कार्यक्रम मेरिटका आधारमा विद्यार्थी छनोट गर्ने भएकाले २० जनाको हाराहारीमा विद्यार्थीहरुले नर्सिङ छात्रवृत्ति पाउन सक्ने उनले बताए । ‘सिटिइभीटीको मेरिट लिष्टमा परेको र गोकर्णेश्वर नगरपालिकाको स्थायी बासिन्दा भएको जति जनालाई पनि हामी छात्रवृत्ति दिन तयार छौँ,’ नगर प्रमुख रिसालले भने ।
ताजा अपडेट
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- त्रिविअन्तर्गत बीआईटी कार्यक्रमको प्रवेश परीक्षा तालिका सार्वजनिक, आवेदन खुला
- निःशुल्क ‘मक टेस्ट’ सञ्चालन गर्दै नेपाल इन्जिनियरिङ कलेज, उत्कृष्टलाई नगद पुरस्कार
- कक्षा १२ मा कस्ता विद्यार्थीले प्राप्त गरेका हुन् ३.९७ जीपीए ?
- कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत ग्रेडेड
- आज कक्षा १२ को नतिजा सार्वजनिक हुँदै
- यसैवर्षबाट एसईई परीक्षा प्रदेश तहबाट सञ्चालन हुने, ३५ करोड बजेट विनियोजन
- काठमाडौं विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय








तपाईको प्रतिक्रिया