Techie IT
  • शुक्रबार, कात्तिक २२, २०८२ / Friday, November 7, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारकाठमाडौं महानगरले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि ल्यायो यस्तो कार्यक्रम

काठमाडौं महानगरले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि ल्यायो यस्तो कार्यक्रम


काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि विभिन्न कार्यक्रम घोषणा गरेको छ । आइतबार नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन साहले सामुदायिक विद्यालयमा डिजिटल कक्षा, स्टीम शिक्षा, स्पोर्टस एकेडेमीदेखि उद्यमशीलता क्लब स्थापना गर्ने घोषणा गरेका छन् ।

नीति तथा कार्यक्रम घोषणा गदैृ महानगर प्रमुख साहले सामुदायिक विद्यालयमा गुणस्तरीय र समावेशी शिक्षा प्रणाली विकास गर्ने गरी नयाँ शैक्षिक कार्यक्रम ल्याउने बताएका हुन् ।

त्यस्तै, विशेष आवश्यकता भएका विद्यार्थीलाई ध्यानमा राख्दै अपाङ्‍गता, अटिजम तथा फरक क्षमता भएका बालबालिकाका लागि छुट्टै विशेष शिक्षण केन्द्र र पहुँचअनुकूल पूर्वाधार निर्माण गर्ने महानगरको योजना छ ।

समग्र शैक्षिक सुधारका लागि सार्वजनिक पुस्तकालय र खुला अध्ययन केन्द्र स्थापना गरिने पनि उल्लेख गरिएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको